अख्तियारलाई रामेछापका जनप्रतिनिधिको प्रश्न–अख्तियारले नै गडबड गरे कसले छानबिन गर्छ ?



२९ फागुन, रामेछाप ।
स्थानीय तहमा भ्रष्टचार बढको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ । सडक निर्माणको बहानामा स्थानीयमा अनियमितता र भ्रष्टचारको भएको आशंका पनि बढेको छ ।
स्थानीय सरकार स्थापना भएको दुई बर्षपछि अख्यिार दुरुपयोग अनुसन्धान आयोगले रामेछापका ८ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सदरमुकाम मन्थलीमा भेला गरेर प्रशिक्षण दिएको छ । अख्तियारले स्थानीय तहमा भ्रष्टचार बढेको बताएको छ ।

तर दुई बर्षको अवधिमा रामेछापमा घुस लिएको आधारमा एक जनालाई पनि पक्राउ गरिएको छैन् । अख्तियारले भ्रष्टचार बढेको बताए पनि स्थानीय तहका जनप्रतिनिधिहरुले अख्तियारमा बेनामे उजुरी दिएर तर्साउने खेल बढेको गुनासो गरेका छन् । पैसाको प्रलोभन देखाएर आफूहरुलाई फसाउने खेलमा केही व्यक्तिहरु सुनियोजित रुपमा लागेको पनि जनप्रतिनिधिहरुले बताएका छन् ।
पूर्वाधार निर्माण, शिक्षा, लगायतको क्षेत्रमा भ्रष्टचार बढेको बताउदै अख्तियारले समयमा नै नियन्त्रण गर्न नसक्ने हो भने आगामी दिनमा ठूलो चुनौती थपिने बताएको छ । घुस खाने, बजेट अनियमित गर्ने, अनावश्यक काममा बढी खर्च गर्ने, गलत ढंगले बजेट उपयोग गर्नुलाई अख्तियारले भ्रष्टचार भनेको छ ।


कार्यक्रममा सहभागी दोरम्बा गाउँपालिका प्रवक्ता समेत रहेका दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले भ्रष्टचार गर्न हुन्न भन्नेमा आफ्नो गाउँपालिकाका प्रतिबद्ध रहेको बताउदै बेनामे उजुरी गलत भएको बताए । उनले प्रश्न गर्दै भने,‘भ्रष्टार भयो भनेर अख्तियारमा मुद्दा दर्ता गरेर जनप्रतिनिधिलाई बदनाम बनाउने खेल चलिरहेको छ, उजुरी दिनेलाई पनि जिम्मेवार बनाउनु पर्छ, बेनामेले स्थानीय सरकारले अगाडि सारेको योजनालाई अलपत्र पार्ने षडयन्त्र हुँदैछ ।’

स्थानीय तहमा हुने भ्रष्टचार नियन्त्रण गर्न तर अख्तियार छ तर अख्तियार नै गडबड गरेको अवस्थामा कसले छानबिन गर्छ भन्ने प्रश्न गर्दै गजुरेले भने,‘अख्तियारभित्र हुने गलत प्रवृत्ति कसले रोक्छ ?’


भ्रष्टाचार रोक्ने प्रशिक्षण दिन पुगेको अख्तियारको टोलीसँग जनप्रतिनिधिहरुले आफूहरुले भ्रष्टाचार नै नगरी भ्रष्टचारको आरोप लगाउनेलाई पनि कारबाहीको माग गरे ।
बुधबार मन्थलीमा भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले विभिन्न पुर्वग्राही राखेर भ्रष्टाचार गर्यो भन्दै विना प्रमाण अख्तियारमा उजुरी दिदाँ आफूहरुको बदनाम हुने भएकाले विना प्रमाण उजुरी गर्नेलाई पनि कारबाहीको दायरमा ल्याउनु पर्नेमा जोड दिए ।
रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले पालिकाभित्र योजनाका काम गर्दा उपभोक्ता समिति मार्फत गर्नु पर्ने र उनीहरुले सुशासनको कुरालाई ख्याल नगर्दा अदृष्य रुपमा भ्रष्टाचार भयो भने पनि त्यसको दोष जनप्रतिनिधिहरुले खोप्नु पर्ने बाँध्यता रहेको गुनासो गरे ।
कार्यक्रममा बोल्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमनसिंह मोक्तानले अख्तियार दुरुपयोग अनुसन्धानको आयुक्तले नै भ्रष्टाचार गर्दा त्यसको आवरणमा स्थानीय तहको तल्लो निकाय सम्म भ्रष्टाचार बढ्न थालेको बताए । उनले स्थानीय तहमा योजनाको काम गर्दा योजनाहरु आफूहरुलाई पारिदिए केही पैसा दिउला भन्दै लोभ्याएर भ्रष्टचारमा फसाउने षड्यन्त्र भइरहेको समेत बताए ।


प्रदेश नम्बर ३ का सासंद शान्ति प्रसाद पौडेलले स्थानीय तहमा भ्रष्टाचार रोक्ने हो भने निर्वाचन प्रणाली परिर्वतन गर्नु पर्ने बताउदै योजना अनुमगनमा जाँदा स्थानीयलाई पनि सँगै राखेर योजनाको अनुमगन गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिब महेश्वर न्यौपानेले स्थानीय तहमा विभिन्न क्षेत्रमा भ्रष्टाचार बढ्दै गाएकाले स्थानीय सरकारका प्रमुखले सुशासनलाई कायम गर्न तर्फ लाग्नु पर्ने बताए । सचिव न्यौपानले जनप्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिदै अख्तियारभित्र गलत काम गर्नेमाथि पनि छानबिन हुने निकाय रहेको जवाफ दिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको आयोजनामा बुधबार मन्थलीमा भएको अन्तरक्रिया कार्यक्रममा रामेछापका आठ ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सरकारी कार्यालयका प्रमुख, लगायतको सहभागिता रहेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएर राजिनामा दिएपछि नागरिहरुले अख्तियारको कार्यशैलीप्रति नै प्रश्न उठाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्