मेरो सम्झनामा अनेकोटका शहीद



आज भन्दा ठिक २१ बर्ष अघि म मेरो जिल्ला काभ्रेको महाभारत बुढाखानीमा थिए । पार्टी कामको क्रममा हामी पुर्वी कमान्ड सैन्य टिममा कमरेड सुरेश, रन्जिता,सागर सहितको साथमा थियौ । टिमको सूचना संचार विभागका कमरेडबाट अनेकोट घटनाको जानकारी प्राप्त भयो । २०५५साल जनयुद्ध आधार ईलाका निर्माणको दिशामा अघि बड्दै थियो । यता दुश्मनको दमन व्यापक बिस्तार भैरहेको थियो । सुरुमा पत्याउन गाह्रो भएता पनि घटना यथार्थ थियो र पत्याउन पर्ने थियो नै । टिममा घटनाको सूचनाले हामी स्तब्ध भयौ ।

अनेकोट घटनामा पर्न ुहुने कमरेडहरु प्रायः सबै मेरो चिरपरिचित थिए । जस मध्ये कमरेड च्याङ्बा लामा(काभ्रे तिमाल), चिनीमाया लामा(काभ्रे होक्से),गुम्बा सिं (ज्योती)काभ्रे पनौती,निर्मला सापकोटा (सिन्धुली),मन्जु कुँवर (सिन्धुली),डम्बर श्रेष्ठ (सिन्धुपाल्चोक )यस घटनाले हाम्रो पार्टीको जनसाँस्कृतिक कर्मको नेतृत्वपंक्ती नै गुमाउनु पर्यो ।


पार्टीका आन्तरिक र बाह्य कार्यक्रमहरुमा निकै मिठोसँग गीत गाउने र नाँच्ने कमरेडहरुको साहदतले आँखा कयौं दिनसम्म नरोईरहन सकिएन । कमरेडहरुसँगको सहकार्य र संगतले पिरोली रह्यो । तर के गर्नु पीडा पचाउदै बदलाका लागि अघि बढ्नुको विकल्प हाम्रो सामु अरु थिएन । सिन्धुपाल्चोक काभ्रे र सिन्धुलीबाट जन्मिएका क्रान्ति ज्वालाहरु जनतालाई जगाउदा जगाउदै जनताको बीचमा ढल्नु पर्यो । सही बिचार र नेतृत्वबाट अभिप्रेरित बिद्रोहका ती आवाजहरु दबाएर आफ्नो स्वर्गको राज टिकाउन दुशाहस गर्ने शासकहरु अन्ततः आफै खरानी हुनु विकल्प थिएन ।


एक च्याङ्बा लामा ढले तर हजारौं भएर जन्मियो । त्यसैगरी संयौ मारियो जनयुद्धका विरुद्ध तर ती हजार हजार भएर जन्मियो र देशले परिवर्तनको युग जन्मायो । त्यही युगको छाहारीमा हामी छौ र नयाँ नेपाल निर्माण गरिरहेका छौ । आज करिब २१ बर्षपछि पनि अनेकोटलाई सम्झिरहदा हामी अब कसरी अघि बढ्ने ? हाम्रो आगामी कार्यभारहरु के के हुन ? के गर्दा हाम्रो शहीदहरुको सपनाहरूलाई जीवित राख्न सकिन्छ र हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौ ?

यी र यस्तै प्रश्नहरु हाम्रो अगाडि खडा छ्न । यो प्रश्नहरुको समाधान हाम्रो आगामी विकल्प हो । आज हाम्रो प्रत्येक दिनहरु शहीदका बलिदानीका दिनहरू छन । प्रत्येक मिनेटहरुमा हामीले यो परिवर्तन ल्याउन बलिदान गरेका छौ । त्यसैले हामीलाई छुट छैन्, अबको चुनौतीबाट भाग्ने ।
हामीलाई छुट छैन पार्टी र आन्दोलनबाट दायाँबायाँ गर्ने ।

त्यसैले हामीले हाम्रो आन्तरिक एकतालाई मजबुत बनाउदै बाहिर दुस्मनलाई घेराबन्दी गर्नुपर्ने छ । यो समाजको आमूल परिवर्तनको यात्रालाई शिखरमा पुर्याउनु छ । त्यहीँ नै हाम्रो अन्तिम विश्राम लिने ठाउँ हुने छ । आउनुहोस हामी यही प्रतिबद्धता र संकल्पका लागि फेरि एक पटक ती महान सपुतहरुलाई स्मरण गरौ । अनेकोटमा चम्किरहेका ताराहरुलाई यस धर्तीका महामानवहरुप्रति लालसलाम ।

प्रतिक्रिया दिनुहोस्