रामेछापबाट नेकपाका १३ प्रदेश कमिटी सदस्यले सपथ लिदै (सूचिसहित)



स्नेहा सिलवाल

चैत्र १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर ३ ले आज प्रदेश सदस्यहरुको लागि आज सपथ कार्यक्रम आयोजना गरेको छ । पार्टी एकता भएको ११ महिनापछि प्रदेश नम्बर ३ प्रदेश कमिटीका २२१ जना सदस्यहरुले सपथ लिन लागेका हुन् । जस अनुसार रामेछापबाट १३ जना प्रदेश कमिटीका सदस्यहरुले सपथ लिने छन् ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ गराउने कार्यक्रम गरेको नेकपा प्रदेश नम्बर ३ का सचिव आनन्द पोखरेलले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार आज हुने सपथ कार्यक्रममा चार सय भन्दा बढीको सहभागीता हुनेछ ।

रामेछापबाट १३ जनाले सपथ लिदै
नेकपा रामेछापको तर्फबाट १३ जना प्रदेश सदस्यहरुले सपथ लिदैछन् । रामेछापबाट प्रदेश कमिटीको सदस्य हुनेहरुमा पूर्व माओवादी केन्द्रबाट धावा लामा, डिल्लीमान तामाङ, मैन कुमार मोक्तान, कमानसिंह मोक्तान, प्रेमकुमार कार्की ‘सेवक’, तारानारायण श्रेष्ठ, टंकलाल घिसिङ ‘टकल’ लक्ष्मी गुरुङ र सुनिता गौतम रहेको छन् ।

त्यसैगरी पूर्व एमालेबाट पूर्व शान्ति पौडेल, तुलाप्रसाद कडेल, माया कार्की, भोजराज कडेरिया रहेका छन् । रामेछापबाट पूर्व माओवादीबाट ९ जना र पूर्व एमालेबाट ४ जना गरी १३ जना प्रदेश कमिटी सदस्य भएका छन् । नेकपा रामेछापले १४३ सदस्यीय जिल्ला कमिटीको सदस्यहरुको सहमति जुटाएर प्रदेश कमिटीमा सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्