सैलुङबाट सगरमाथा हेर्न ७० फिटको भ्युटावर बनाइने



२७ चैत्र, काठमाडौं ।
पर्यटकीय क्षेत्र सैलुङलाई नेपालकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सगरमाथा देखिने गरी ७० फिटको भ्यु टावर निर्माणको योजना अगाडि सारिएको छ । एक सय वटा थुम्का मिलेर बनेको सैलुङको विकास गर्न महत्वकांक्षी योजना अगाडि सारिएको हो ।

आगामी वैशाक वैशाक १३, १४ र १५ गते हुने सैलुङ महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलमा पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले पोखरेलले ७० फिटको टावर निर्माण गर्न सके सगरमाथा सैलुङबाटै अवलोकन गर्न सकिने बताए । उनले भने,‘पर्यटकीय गन्तव्य बनाउनको लागि भौतिक पूर्वाधार निर्माण अन्तर्गत अग्लो टावर निर्माण गर्न सके थप आकर्षण हुन्छ ।

पोखरेले टावर निर्माण गर्नको लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकिने धारणा राखे ।
आफू पर्यटन मन्त्री हुँदा सैलुङको विकास गर्ने उदेश्यको साथ सुरु गरिएको भ्यु टावर निर्माण भएर अहिले सञ्चालनमा आएको उल्लेख गदै सैलुङको विकासमा सबै एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए । सैलुङ धार्मिक र पर्यटीयस्थल भएको बताउदै हिन्दु र बौद्ध धर्मको आध्यात्मिकस्थलको रुपमा समेत विकास गर्न सकिने बताए ।

सैलुङमा १३ मिटरको भ्युटावर सञ्चालनमा
पर्यटकीयस्थल सैलुङ्गमा भ्यु टावर निर्माणको कार्य सम्पन्न भएको छ । रामेछाप र दोलखाको सीमाना सैलुङ्गमा पहिलो पटक भ्यु टावरको निर्माण भएको हो । पर्यटन मन्त्रालय मार्फत निर्माण भएको भ्यु टावरले पर्यटक प्रबद्र्धनमा थप टेवा पुग्नेछ ।

आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उदेश्यले सरकारले भ्यू टावर निर्माण गरेको हो । खानी निर्माण सेवाले १ करोड ६५ लाख रुपैयाँमा भ्यु टावर १३ मिटर उचाई ६ मिटर चौडाई रहेको छसय वटा डाँडाहरु रहेको सैलुङ्गलाई नयाँ पर्यटन गन्तव्यको रुपमा विकास गर्न सरकारले भ्यु टावर निर्माण गरेको हो । खोलाखर्कबाट भ्यु टावरमा पुग्न करिब एक किलोमिटरको पैदल यात्रा गर्नुपर्छ ।
सैलेङ्गमा चौरी पर्यटन आर्कषण क्षेत्रको रुपमा रहेको छ । प्राकृतिक रुपमा सैलुङ्गबाट देखिने दृष्यहरुले पर्यटकहरुलाई थप आकृर्षित गर्न सरकारले भ्यु टावर निर्माण गरिएको हो । समुन्द्री सतहबाट सैलुङ्ग झण्डै ३२ सय मिटरको उचाईमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्