आठौ राष्ट्रिय खेलकुदमा रामेछापका बसेलले जिते स्वर्ण पदक



१० वैशाक, रामेछाप ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगीमा रामेछापमा खेलाडी टहल बहादुर बसेल ‘बिजय’ले स्वर्ण पदक जितेका छन् । हिजो भएको भारोत्तोलन खेलमा बसेलले स्वर्णपदक जितेका हुन् । विगत दस बर्षदेखि भारोत्तोलन खेलमा आबद्ध हुँदै आएका बसेलले राष्ट्रिय रुपमा विभिन्न च्यापियनसिप भएका छन् ।

उनले थाइल्याण्डमा भएको वल्ड युर्निभर्सल गेममा समेत भाग लिएका थिए । स्वर्णपदक विजेता बसेलले रामेछाप न्युजसँग भने,‘निकै मेहनतपछि स्वर्णपदक जितेको छु, यो खुसी मेरो रामेछाप जिल्लावासीसँग साटन चाहुन्छु ।’

मन्थली नगरपालिका– सुनारपानी निवासी बसेलले आगामी दिनमा पनि खेललाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्