लिखु खोलामा वेपत्ता गोरखाका युवा खोज्न खोताखोरकाे टाेली परिचालन



१७ वैशाक, रामेछाप ।

तीन दिन अघि रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा निर्माणाधिन स्वेतगंगा हाइड्रोपावरमा सुरुङ निर्माणमा कार्यरत मदजुर रामबाबु बुढाथाकीलाई खोज्न शसस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन भएको छ ।

तीनसम्म पनि स्थानीय र प्रहरीले खोजी गर्दा वेपत्ता भएको गोरखाका २६ बर्षिय बुढाथोकीको अवस्था पत्ता लाग्न नसकेपछि गोताखोर बोलाइएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले वेपत्ता भएका बुढाथोकीको खोजी गर्न शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएकाे जनाएको छ ।

रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखुखोलामा उनको आइतवार लिखु तामाकोशी गाउँपालिका–२ सैपुस्थित फेदीबाट बेपत्ता भएका थिए । स्थानीय बसन्त पौडेलले वेपत्ता बुढाथोकीको खोजतलास गरेपनि अझै पत्ता लाग्न नसकेको बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष वेपत्ता भएको खोजीमो लागि शसस्त्र प्रहरी निरीक्षको कमाण्डमा छ जना खोताखोरको टोली लिखु लागेको बताए । उनले रामेछाप न्युजसँग भने,‘खोताखोरको टोली लिखु लागेको छ, हाम्रो प्रहरीले पनि वेपत्ता भएदेखि नै खोजी कार्य जारी राखेको छ, आशा गरौ वेपत्ताको अवस्था पत्ता लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्