लौरोले गर्दा रामेछापमा बृद्धको ज्यान गयो



१९ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा बसको ढोकाबाट बाट खसेर एक वृद्धको मृत्यु भएको छ । बिहीबार प्रितिबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको अरनिको यातायातको बा ३ ख ९६६२ नम्बरको यात्रुबाहक बसको ढोकाबाट खसेर बेतालीका ६५ वर्षीय वृद्ध होमप्रसाद घिमिरेको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बेतालीको बाहुनी मोडमा लौरो झिक्न बस चढेका उनको बस चढेको ठाउँबाट करिब ५ मिटर पर पुगेपछि ढोकाबाट खसेर ज्यान गएको बताए । उनका अनुसार बसको ढोकाबाट घिमिरे र बसका सहचालक सँगै खसेका थिए।

बसबाट खसेकै ठाउँमा घिमिरेको ज्यान गएको र सहचालक सामान्य घाइते भएका छन् । एक हप्ता अघि मात्रै बसको ढोकाबाट खसेर रामेछापको मन्थलीस्थित लिपेखोलामा एक महिलाको ज्यान गएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्