३ नम्बर प्रदेशलाई समृद्ध बनाउने बजेट आउछः अर्थमन्त्री ढुगेल



३२ जेठ, हेटौडा ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशलाई समृद्ध बनाउने बजेट ल्याउने बताएका छन् । उनले प्राथमिकता निर्धारण गरेर बजेट निर्माण गरेको बताउदै भोली आउने बजेटले समृद्धिको आधार तयार पार्ने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंंगेलले भने,‘प्रदेशमा विकास निर्माणमा पछाडि परेका जिल्लालाई विकासको गतिमा अगाडि बढाउने गरी बजेटले सम्बोधन गरेका छ, प्रदेशको भौतिक पूर्वाधार निर्माण हाम्रो प्राथमिकता हो ।’

रामेछापका प्रदेश सभा सांसद समेत रहेको मन्त्री ढुंगेलले गत बर्ष चार वटा सडकको कालोपत्रे अगाडि बढेको रामेछापमा यस बर्ष पनि भौतिक पूर्वाधार निर्माणको कामले निरन्तरता पाउने बताए ।

‘सडक निर्माण भएका छन्, प्राथमिकता निर्धाण गरेर गत बर्षदेखि कालोपत्रे गर्ने क्रम सुरु भएको छ, यस बर्ष पनि थप सडक कालोपत्रे गर्ने गरी बहुबर्षिय योजनामा बजेट विनियोजन भएको छ ।’

प्रतिक्रिया दिनुहोस्