प्रदेश ३ को बजेटः रामेछापको दुई स्थानमा केबलकार सञ्चालन हुने



१ असार, काठमाडौं ।
रामेछाप जिल्लाको पर्यटकीय क्षेत्रमा केलबकार निर्माण हुने भएको छ । खाँडादेवी गाउँपालिकाको सित्खा खाँडादेवी दोरम्बा हुँदै सैलुङसम्म केबलकार निर्माणको काम अगाडि बढने भएको हो ।
सित्खादेखि खाँडादेवी मन्दिरसम्म सम्भाव्यता अध्ययनको काम सम्पन्न भएको छ । त्यसैगरी प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललको पहलमा रामेछापको गोकुलगंगा गाउँपालिकाको चुचुरेबाट जटापोखरीसम्म केबलकार सञ्चालन गर्ने योजना यस बर्षबाट थप भएको छ ।
प्रदेश ३ ले ल्याएको आर्थिक बर्ष २०७६ ०७७ को बजेटमा जिल्लाको दुई स्थानमा केबलकार सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । यस आर्थिक बर्षमा पाँचपोखरीसम्म केबलकार सञ्चालन गर्नको लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढने छ ।

प्रतिक्रिया दिनुहोस्