खाँडादेवी गाउँपालिकाका किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार



५ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले कृषिकहरुको लागि ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गर्ने भएको छ । कृषिकहरुलाई प्रविधिमैत्री बनाउने मुख्य उदेश्य सहित गाउँपालिकाले अनुदानमा कृषि सामाग्री र औजार उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाको कृषि विकास शाखाले आर्थिक बर्ष २०७५।०७६ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषि प्रचारतर्फ कृषि औजार तथा मेसिनरी सामाग्री वितरण गर्न कृषक समुह तथा सहकारीहरुलाई सूचना आह्वान गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले ७५ प्रतिशत अनुदानमा मिनीटलर, माटो डिललर मेसिन, मकै छोडाउने मेसिन र कोदो झार्ने मेशिन प्रदान गर्न लागिएको बताए ।

गाउँपालिकाको अनुदानमा कृषि सामाग्री प्रदान गर्न समुहको माइन्युट, समुहको नमूना कार्ययोजना प्रस्ताव फाराम, समुहको प्रमाणपत्र र वडा कार्यालयको सिफारिस ल्याउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्