रामेछापमा सुरक्षा निकाय तयारी अवस्थामाः रामेछापवासीमा जरुरी सूचना



२७ असार, रामेछाप ।
अविरल बर्षासँग आएको पानीको कारण हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले सम्भावित विपद्बाट हुन सक्ने जध धनको क्षतिबाट जोगाउनको लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको रामेछाप न्युजलाई बताइन । यस अघि नै बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले नै आवश्यकताको आधारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको थियो ।
प्रजिअ केसीको अनुसार रामेछापको आठ वटै स्थानीय तहमा दुई÷दुई सय त्रिपाल र एक÷एक सय कमल पठाइएको छ । केही स्थानीय तहले भने त्रिपाल र कमल लैजान बाँकी रहेको छ । प्रशासनले भइपरि आउने सम्भावित दुर्घटनाबाट बच्नको लागि सुरक्षित स्थानमा बस्नको लागि पनि रामेछापवासीलाई आग्रह गरेको छ ।
रामेछापवासीमा जरुरी सूचना, विप्द यी नम्बरमा फोन गर्नुहोस

जिल्ला प्रशासन कार्यालय रामेछाप -048-540133
टोल फ्री -16604854888
जिल्ला प्रहरी कार्यालय रामेछाप -048-540099,100
ससस्त्र बल मन्थली -048-540478
जिल्ला अस्पातल रामेछाप -048-690087,048-690088
तामाकोशी सहकारी अस्पातल -048-540210
रामेछाप सामुदायिक अस्पातल -048-540476
मन्थली पोलीक्लिन्क -048-540305
साहारा सामुदायिक अस्पातल -048- 540050
जिल्ला अस्पताल रामेछाप एम्बुलेन्स – 9744016340
तामाकोशी अस्पातल एम्बुलेस -9741080138
नेपाल रेडक्रस एम्बुलेन्स – 9864007280 / 9854040129
धोबी स्वास्थ्य एम्बुलेस -9843280893
सालु स्वास्थ्य एम्बुलेन्स -9843286319

प्रतिक्रिया दिनुहोस्