पार्टीका नेता र जनप्रतिनिधिहरु ठिक ठाउँमा बस्नु पर्छः सांसद श्रेष्ठ



२० भदौ, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले पार्टीका नेता र जनप्रतितिनिधिहरु ढिक ढंगले चल्ने पर्ने बताएका छन् । उनले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्नको लागि पार्टीका नेता र जनप्रतिनिधिहरु लाग्नु पर्ने बताएका हुन् ।

लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङस्थित बालज्योती माविको नवनिर्मित विद्यालय भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले निर्वाचनमा गरेको प्रतिबद्धता गर्ने काममा लागेको बताए । नेकपा रामेछापका सह–इन्चार्ज समेत रहेका श्रेष्ठले भने,‘गलत काम गर्ने कसैलाई छुट छैन् । कसैले गल्ती गर्छ भने पार्टीले आफ्नो ढंगले कदम चल्छ । पार्टीका नेता जनप्रतिनिधिहरु ढिक ठाउँमा हुनु पर्यो ।’
लिखु तामाकोसी गाउँपालिकाभित्र देखिएको विवादलाई विधि र नीतिको आधारमा समाधान गर्नुपर्नेमा जोड दिदै पार्टीले पनि गम्भीरतापूर्वक लिएको उनले बताए । ‘लिखु तामाकोसी गाउँपालिका स्रोत र साधनमा धनी छ, अधिकृतम उपयोग गरेर जनतालाई धनी बनाउन सकिन्छ’,सांसद श्रेष्ठले भने,‘जलविद्युत र जडिबुटीको राम्रो सम्भवना छ ।’

प्रतिक्रिया दिनुहोस्