सुनापती गाउँपालिकाका लेखापाल बम बहादुर बिकले चढे मनास्लु हिमाल



११ असोज, काठमाडौं ।
सुनापती गाउँपालिकाका लेखापाल बम बहादुर बिकले मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । बिकले हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका हुन् ।
मनास्लु हिमाल नेपालको सातौ तथा विश्वको छैटौँ अग्लो हिमालका रुपमा रहेको छ । किलर माउन्टेनको रुपमा समेत परिचित उक्त हिमाल आरोहणलाई बिकले सफतापूर्व चढन सफल भएकाे बताउनुभयाे ।
रुकुमको सानोभेरी गाउँपालिका– नम्बर १० डाँडाअर्माका स्थायी वासिन्दा रहेका विकले हिमाल आरोहणले सरकारले लिएको भिजिट नेपाल २०२० को उपलक्ष्यमा आन्तरिक पर्यटकलाई प्रद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले हिमाल आरोहण गर्न सफल भएकोमा सहयोग गर्ने सदभाव राख्ने सबैलाई धन्यवाद दिनुभयो ।

बिक निजामती कर्मचारी लेखा समुहबाट मनास्लु हिमाल आरोहण गर्ने पहिलो कर्मचारी रहनुभएको छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘मनमा दृढ इच्छा शक्ति भएकै कारण मनास्लु हिमाल चढन सफल भएको छु, आगामी यात्रा सगरमाथा चढने रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्