रामेछापभित्र कुन स्थानीय तहमा पुग्न कति भाडा ? (सूचिसहित)



१२ असोज, रामेछाप ।
रामेछापभित्र सञ्चालन हुने सवारी साधनको लागि तोकिएको भाडा दरको बारेमा जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकहरुलाई जानकारी गराएको छ । सदरमुकाम मन्थलीलाई केन्द्र विन्दु बनाएर रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा सञ्चालन हुने सवारी साधनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले २०७५ साल पुस १ गते भाडा समायोजन गरेको थियो ।

सदरमुकाम मन्थलीदेखि उमाकुण्ड गाउँपालिकाको गुम्देलम्म जिल्ला प्रशासन कार्यालय रामेछापले ९ सय ५५ रुपैयाँ भाडा निर्धारण गरेको छ । यता यातायात व्यवस्था विभागले मन्थली–काठमाडौंको भाडा ४ सय १९ रुपैयाँ निर्धारण गरेको छ । रामेछाप जिल्लाको आठ वटा स्थानीयको ६४ वटै वडामा सडक यातायात पुगेको छ । तर निरन्तर बर्षाको कारण अधिकाशं ग्रामिण सडकमा यातायात सञ्चालन गर्न कठिनाई रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई बताउनुभयो ।

रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखु तामाकोसी गाउँपालिकाभित्र सहज रुपमा यातायात सञ्चालन हुने गरेपछि जिल्लाको गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिकाभित्रको केही सडक बर्षाको कारण सहज रुपमा सञ्चालन हुने अवस्था छैन् । तर गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार र उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार भने दशै अगाडि नै सहज रुपमा यातायात सञ्चालन गराउने अभियानमा जुटनु भएको छ ।

खाँडादेवी गाउँपालिकाको अधिकाशं ठाउँमा यातायात सञ्चालन हुने अवस्था रहेको र अबरुद्ध भएको केही ठाउँमा सडक सफा गर्ने काम भइरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले रामेछाप न्युजलाई बताउनुभयो । त्यसैगरी सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बर्षाको कारण बिग्रिएका सडकको धमाधम मर्मत भइरहेको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

दोरम्बा गाउँपालिकाभित्र पनि अधिकाशं क्षेत्रमा सडक अबरुद्ध भएको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठले गाल्वा अग्लेश्वरी दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्म जाने सडक सफा गर्ने काम भइरहेको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका रामेछापका अनुसार जिल्लाको आठ वटा स्थानीय तहमा झण्डै १५ सय किलोमिटर सडक निर्माण भएको छ ।

यस्ताे छ भाडा दर सूचिसहित

प्रतिक्रिया दिनुहोस्