सरकारले रामेछापको पाँचपोखरीलाई देशकै प्रमुख पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्छ (फोटोफिचर)



ओम लामा
रामेछाप । प्राकृतिक सौन्दर्यले भरिएको दृष्य देख्दा कसको मन नरमाउला र ? कलकल बगेको खोला र खोल्सा जताततै हरियाली दृष्य अहा ! कन्चन देखिने पोखरीले हेर्दाको आनन्द छुट्टै । मनोरम प्राकृतिक दृष्यको रसपान गर्न पाउनु निकै आनन्ददायी हुन्छ । प्राकृतिक स्रोत र साधनले नेपाल निकै धनी छ ।

रामेछापको उत्तरी क्षेत्रमा रहेको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा रहेका पोखरीहरुले धेरैलाई लोभ्याउने गरेको छ । पाँच पोखरी तथा जट्टा पोखरी प्रकृति उपहार हुन । पाँच पोखरीको चर्चा हुने गरेपनि चुचुरेमा रहेको जट्टा पोखरी, जुम्ल्याहा पोखरी, काल पोखरी, जोर पोखरी, दुध पोखरी, रत्न पोखरीको भने उचित प्रचार हुन सकेको छैन् । यस क्षेत्र धार्मिक ऐतिहासिकसँगै जडिबुटीको रुपमा पनि परिचित छ । बहुमुल्य जडिबुटी पाइने विभिन्न अध्ययनले देखाएको छ ।

जट्टा पोखरी, पाँच पोखरी, वौला पोखरी, भाले पोखरी, भुत पोखरी, जम्ल्याह पोखरी, काल पोखरी, जोरी पोखरी, दुध पोखरी, रत्न पोखरीको प्रचारको पखाईमा रहेको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोके पनि भौतिक पूर्वाधार लगायतको सेवा सुविधाको अभाव रहेको छ होटल, सडक, सञ्चार, बिजुली लगायतका अत्यावश्यकीय सेवा उपलब्ध गराउने कार्यमा गाउँपालिकाले ध्यान दिनुपर्छ ।

यस क्षेत्रको गुरु योजना बनाएर नै पर्यटक भित्र्याउने योजना बनाउन सके हजारौलाई रोजगारी सृजना गर्ने उद्योग पनि बन्न सक्छ । यस क्षेत्रको ऐतिहासि धार्मिक पर्यटकीय क्षेत्रलाई चिनाउनको लागि योजनावद्ध रुपमा नै काम गर्नुपर्ने दायित्व गाउँपालिकाको हो ।

समुद्री सतहबाट ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको यस क्षेत्रमा चौरी प्रशस्त रुपमा पाइन्छ । यस क्षेत्रमा जडामसी लगायतका जडिबुटी पाइन्छ । यस क्षेत्रमा लोडसल्ला, चिराईतो पाखनवेद, ठूलो ओखती, पाँच औले, जटामसी, सुनापति, विषमारलगायतका जडिबुटी यस क्षेत्रमा प्रचुर मात्रामा पाइन्छ ।
पाँच पोखरीमा जनाईपूर्णिमाको दिन विशेष मेला लाग्न गर्दछ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटन नेपालमा ल्याउने लक्ष्य राखेको छ । नेपालमा आउने पर्यटकलाई गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको पर्यटकीय क्षेत्र जट्टापोखरी र पाँच पोखरीमा भित्र्याउन सके रामेछाप जिल्लाकै आर्थिक समृद्धिको लागि टेवा पुग्न सक्ने गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खडगबहादुर सुनुवार बताउनुहुन्छ ।

रामेछापको पाँच पोखरीको विशेषताहरु
४२ सय मिटर उचाईमा अववस्थित पाँच पोखरीबाट मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । भाले पोखरी (बौला पोखरी( जट्टा पोखरी र पाँच पोखरी क्रमश अवलोकन गर्न सकिन्छ । उमाकुण्ड गाउपालिको देउराली हुँदै रमणीयस्थल सेरदिडंमा बास बसेर एक दिनमा पाँच पोखरी पुग्न सकिन्छ । उकाली ओराली गर्दै रमाईलो पदयात्रा गर्न पाउँदा झनै आनन्दको अनुभती गर्न सकिने स्थानको रुपमा रहेको यस क्षेत्रमा पाच्औले, कुटकी, पाडंवर, ठुलो ओखती, यार्सागुम्बा लगायतको जडीबुटी पाइन्छ ।

पाँचपोखरीमा पुग्न जति गाह्रो हुन्छ, त्यो भन्दा कयौ गुणा त्यहाँको रमणियस्थलको अवलोकनवाट अन्नद प्राप्ति गर्न गर्न सकिन्छ । चिसो पानीमा स्नान गर्दा विभिन्न किसिमको रोग निको हुने विश्वास रहेको छ । पाँचपोखरीको दर्शन गर्दा आफुले मागेको कुरा पुरा हुने जनविश्वास रहदै आएको छ । भदौको पूर्णिमा हजारौ दर्शनाथीले भेला भर्ने गरेका छन् । चौरीको दुध, ध्यु, चीजÞ आदि पाउन सकिन्छ ।

सुधार गर्नु पर्ने कुराहरु
गोरेटो बाटो पुर्ननिर्माण र ब्यवस्थित गर्नुपर्ने, बाटोमा दिशानिर्देशित संकेतहरु राख्नु पर्ने । खाना र बास बस्नको लागी सार्वजनिक भवन निर्माण गरि ब्यवस्थापन गर्नु पर्ने ।पोखरी वरिपरी डस्विन राखी फोहोर मैला ब्यवस्थापन गर्नुपर्ने । सबै पोखरीमा पोखरीको नाम, उचाई, र आकार लेख्दा दर्शनार्थीहरुले सजिलै जनकारी प्राप्त गर्ने सकिने गरी राख्नु पर्ने । बहुमुल्य जडिवुटीहरुको संरक्षण र यसलाई कसरी वढाउन सकिन्छ भनेर अध्ययन एवं अनुसन्धान गर्नुपर्ने ।

चौरी गोठहरुलाई व्यवस्थापन गरी चौरीको दुध, ध्यु , छुर्पी , चीज लगाएतको सामानहरु बिक्री केन्द्र स्थापना गरि सर्वसुलभ गर्नुपर्ने । संचार, सुरक्षा, एम्बुलेंसको समेत सुविधा दिनु पर्ने । पर्यटक सुचना केन्द्र, खोज तथा उद्दार केन्द्र स्थापना गर्नु पर्ने । होटल व्यवसायलाई होटल खोल्न सरकारी तहवाट प्रोत्साहन गर्नु पर्ने । नेपाल भ्रमण बर्ष २०२० मा भ्रमण गर्नुपर्ने ठाँउहरु मध्ये रामेछापको पाँचपोखरीलाई समावेश गर्नु पर्ने । स्वास्थ्य तथा धार्मिक लागी पाँचपोखरी (सिदी) कार्यक्रम चलाउनु पर्ने ।

सम्भाव्यता
केवलकारको स्थापना गर्न सकियो भने देश विदेशबाट लाखौ दर्शनार्थीले दर्शन गर्ने सुअवसर प्राप्त गर्ने । जडिवुटीहरुलाई ब्यवस्थित र संरक्षण गरि आयमुलक काम गर्न सकिने । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रसार प्रसार गरि पर्यटक भित्र्याउन सकिने । चौरीपालन व्यापक र व्यवसायिक रुपमा गर्नु पर्ने र दुग्धजन्य पदार्थ निर्यात गर्न सकिने प्रवल संम्भावना रहेको । हिउँद महिनामा पनि पर्यटक जान सक्ने वातावरण बनाउन सकियो भने १२ महिना नै दर्शन गर्न सकिने ।

प्रतिक्रिया दिनुहोस्