कुशेश्वर मावि भूतपूर्व विद्यार्थी समाज गठन



६ कार्तिक, काठमाडौं ।
सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविमा अध्ययन गरेका विद्यार्थीहरुको भेलाले भूतिपूर्व विद्यार्थी समाज गठन गरेको छ । विद्यालयका भूतपूर्व विद्यार्थी कैलाश खड्काको अध्यक्षमा २१ सदस्यीय भूतपूर्व विद्यार्थी समाज गठन गरेको हो ।

आज भक्तपुरमा विद्यालयको आयोजना भएको भेलामा सहभागी भूतपूर्व विद्यार्थीहरुको भेलाले खड्कालाई अध्यक्ष चयन गरेको छ । समाजको उपाध्यक्षमा मधुसुदन रायमाझी, सुष्मा लामा, सचिवामा हिरालाल दोङ, सह–सचिवमा सुरेश चालिसे र कोषाध्यक्षमा सुमित्र घिमिरे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुन्दर चालिसे, शैलेन्द्र पाण्डे, विपिन कोइराला, दिपेन्द्र खड्का, उदय लामा, सुरोज कुमार बल, रमेश केसी, सुनिल चालिसे, कुबेर खड्का, अप्सरा खड्का, राजकुमार तामाङ, सुनिल तोलाङ्गे, सुरेश बिक, दुर्गा खड्का र दिपक पाण्डे रहेका छन् ।

भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ । १५ सदस्यीय भूतपूर्व विद्यार्थी समाजका सल्लाहकारहरुमा पूर्व सभासद शिवबहादुर खड्का, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, समाजसेवी दिपेन्द्र कुमार कार्की, व्यवसायी राजाराम खड्का, परशुराम कार्की, विकेश लामा, नारायण खड्का, सुशिला मिश्र, सुचित्रा घिमिरे, रामचन्द्र खड्का, चन्द्र मानन्धर, रामचन्द्र पाण्डे, उर्मिला चालिसे, विनिता खड्का र टाइसन लामा रहेका छन् ।

वि. संं. २०१४ सालमा स्थापना भएको कुशेश्वर माविबाट हालसम्म १८ सय विद्यार्थी उत्पादन भएका छन् । भूतपूर्व विद्यार्थी समाजका नवनिर्वाचित अध्यक्ष कैलाश खड्काले आगामी दिनमा विद्यालयलाई समृद्ध बनाउने कार्यमा समाजले योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्