राष्ट्रिय युवा संघ रामेछापको संयोजकमा खड्का, सह–संयोजकमा लामा



२८ कार्तिक, काठमाडौं ।
राष्ट्रिय युवा संघले ७७ वटै जिल्लाका संयोजक र सह–संयोजकको टुंगो लगाएको छ । युवा संघको कार्यालयको बैठकले सो निर्णय गरेको हो । रामेछाप जिल्लामा पनि युवा संघले नेतृत्वको टुंगो लगाएको छ । सहमति अनुसार पूर्व माओवादी केन्द्रले संयोजक र पूर्व एमालेबाट सह–संयोजक छनौट गरिएको छ ।

पार्टी एकीकरण भएको डेढ बर्षपछि राष्ट्रिय ुयुवा संघले रामेछापको संयोजकमा शेर बहादुर खड्का र सहसंयोजकमा गणेशबज्र लामालाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्