निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्छुः वडाअध्यक्ष बस्नेत



१४ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–५ प्रितिका नवनिर्वाचित वडा अध्यक्ष कुल बहादुर बस्नेतले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विजयी भएपछि रामेछाप न्युजसँग कुराकानी गर्दै वस्नेतले जनताको आवश्यकतालाई पहिचान गरेर प्राथमिकताको आधारमा काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम गरेर वडावासीलाई सुविधा दिन्छु ।’ बस्नेतले वडाभित्रको विकासमा मन बचन र कर्मको साथ काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो । निर्वाचनमा अमुल्य मत दिएर निर्वाचित गराउने मतदालाई विशेष धन्यवाद दिदै निर्वाचनमा विजयी गराउनको लागि खेलेको भूमिकाको उच्च सम्मान गर्ने बताउदै जनताको जनचाहना अनुसार नै काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्