रामेछापकी चेली सुनुवारले सागमा जितिन पदक



२४ मंसिर, काठमाडौं ।
रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका भावना सुनुवारले १३ औं दक्षिण एसियाली केलकुद (साग)मा कास्य पदक जितेकी छिन् । मंगलवार भएको खेलमा स्क्वासमा तर्फ कास्य पदक जितेकी हुन् । रामेछापकी चेली सुनुवारले सागमा कास्य पदक जित्दै रामेछाप र देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चम्काउन सफल भएकी छिन् ।

कास्य पदक जितेकी सुनुवारले आगामी दिनमा देशलाई स्वर्ण पदक जित्ने गरी खेल्ने दृढ अठोट रहेको रामेछाप न्युजलाई बताइन । सुनुवारले यस अघि पनि विभिन्न प्रतियोगितमा पदक जित्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्