रामेछापमा क्वारेन्टाइनमा बस्नेको सख्या ४२ पुग्यो कुन स्थानीय तहमा कति ?



१४ चैत्र, रामेछाप ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या थपिदै गएको छ । विहिवार जिल्लाका विभिन्न क्षेत्रमा गरी ३५ जना क्वारेन्टाइनमा बसेको थिए । तर आज पुनः ७ जना बढेसँगै ४२ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले क्वारेन्टाइनमा बस्नेको संख्या थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । शुक्रबारसम्म मन्थली नगरपालिकामा ९, गोकुलगंगा गाउँपालिकामा ६ जना, दोरम्बा गाउँपालिकामा १० जना, रामेछाप नगरपालिकामा १२ जना र खाँडादेवी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख कर्णले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्