….नत्र भने हाम्रो सरकार खै ?



कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारी मचाईरहेको छ । आजको मितिसम्म करिब २ लाख मानिसहरुको निधन भइसकेको छ । नेपालमा आजसम्मको अवस्था हेर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये १६ जना उपचार पछि घर फर्किएका छन् ।
कोरोना संक्रमण कहाँ को सँग छ या छैन भनेर दुत्र गतिको परीक्षण हाल देशमा ७७ जिल्लामा सुरु गरिएको छ । परीक्षणको काम सुरु भएकाले यसमा खुसी मान्नु पर्छ ।
लकडाउनसँगै नागरिकहरुले देखाएको आत्मअनुशासनकै कारण संक्रमण धेरै फैलिन पाएको छैन् । सरकारका मन्त्रीहरु आफ्ना आफन्तले आर्थिक उपार्जनको लागि खोलिएका कम्पनी मार्फत मार्फत बजार मुल्य भन्दा निकै मंहगो साम्रागी खरिद गरको भन्ने बिषयले अहिले पनि चर्चा आएको छ । नागरिकहरु कोरोनाको विरुद्ध लडिरहदा सरकार स्वंयम भने कमाउ धन्दामा लागेको कुरा कतैबाट पनि लुकाउन सकिदैन । औषधी खरिद प्रकरण विवादमा आएपछि सरकारले बचाउ त गर्न खोज्यो तर त्यो पानीमाथिको ओभानो बाहेक अरु हुन सकेन ।

लेखबहादुर कार्की

प्रकरणले उपप्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठ्यो । तर उहाँमा त्यो नैतिकता देखिएनन । प्रधानमन्त्री केपी ओलीसँग आशा थियो–गलत काम गर्नेमाथि धमाधम कारवाही हुन्छ । तर उहाँले पनि गलत काम गर्नेमाथि छानबिन र कारवाहीको सट्टा संरक्षण गर्नु भयो ।
महामारी र संकटको बेलामा जनताहरुलाई भरोसाको कोर्स बन्नु पर्दछ सरकार । सरकारले जनताको असली अभिभावक बन्न नसक्ने हो भने यो सरकार कसको लागि हो ? भन्ने प्रश्न उठ्न सक्छ । इटली र स्पेनको धनाढ्यहरुले पैसा सडकमा फ्याँके । यति बेला जनतामा सरकारले विश्वास भर्न सक्नु पर्छ । आशा जगाउन सक्नु पर्छ । तब मात्र सरकारप्रति नागरिकहरुको विश्वास बढछ ।

स्वदेशमा रहेका जनताहरु सरकार खोज्दा खोज्दा थाकेर न्याउरो अनुहार लगाएर रातारात गाउँ फर्किएका छन् । यति बेला नागरिकहरुले शहरबाट गाउँ पठाउने होइन, शहरमै व्यवस्थापन गर्नुपर्ने हो । तर सरकारले ल्याएको राहतको प्याकेज नारामै सीमित भयो । निकै ठूलो हण्डर र सास्ती खेप्दै असुरक्षित ढंगले नागरिकहरु रातारात गाउँ फर्किएका छन् । के सरकारको चामल, नुन, तेल खान नपाएका मान्छेहरुको पेटमा पुग्यो ?
कोरोनाको महामारीले चीनमा अलपत्र परेका विद्यार्थीहरुलाई सरकारले जहाज पठाएर पठाएर उद्दार गरी नेपालमा ल्याएर क्वारेन्टाइनमा राखेर परिवारको जिम्मा लगायो । यो राम्रो काम भयो । तर सरकारले अष्ट्रेलिया ,अमेरिका, जापान, बंलादेश लगायतका मूलुकमा अध्ययन गर्न गएका विद्यार्थी स्वदेश फर्काउन किन दायित्व ठानेन ? अनि नेपालमा गरिखाने वातावरण नभएर परिवार पाल्न विदेशिएका भारत, कुवेत, दुबाई, मलेसिया लगायतका मूलुकहरुमा रहेका मजदुरहरुलाई उद्धार गर्न किन कर्तव्य ठानेन ? ती विद्यार्थी र मजदुरहरुको चाही होइन यो सरकार ? उनीहरु चाही नेपाली नागरिक होइन ? कि त उनीहरुको अर्को सरकार छ भनेर देखाइदिनु पर्यो ।

आफ्नो देश आउन महाकाली नदीमा हाम फालेर ज्यानको माया मारेर आउन वातावरण सृजना हुँदा सरकार असफलता पुष्टि भइसकेको छ । भुटानले नेपालमा रहेका आफ्ना २ जना नागरिकहरु (१ जना पाइलट १ जना कलाकार) लाई जेट प्लेन पठाएर उद्दार गर्यो । भुटानले आफ्नो जनताहरुलाई खुसी राख्नको लागि भरपुर प्रयास गरिरहेको छ, यस्ता धेरै देशले गरेका छन् । सरकार चाहिने नागरिकहरुलाई आपत विपद पर्दा हो ।
विश्वका विभिन्न मूलुकबाट नेपाल घुम्न आएका रोजगारका लागि आएका नागरिकहरुलाई उनिहरुको सरकारले उद्धार गरी आ–आफ्नो देश लग्यो । तर हाम्रा नेपाली नागरिकहरु विभिन्न देशमा रुदै कराउदा उद्धारको भिष मागिरहेका छन् । लकडाउन त सरकारका मन्त्रीहरुले कालोबजारी गर व्यवासयीहरुसँग मिलेर कमाउने धन्दा चलाइरहेका छर्लङ्ग हुन्छ ।

नागरिकहरुलाई अत्यावश्यक सामाग्रीहरु खाद्यान्न, तरकारी, फलफूल, औषधी खरिद गरी दुवानी गर्न महासंकट परिरहेको छ । किसानहरुको तरकारी खेतबारीमा नै कुहिएको छ । दुध सडकमा पोखिएको छ । तर ठूला कम्पीनका दुवानीहरुलाई गिटी, वालुवा, सिमेन्ट, रड ओर्सान अनुमति दिएको छ । अब सरकार ठूलो योजना संचालन गर्ने व्यावपारीहरुको हितमा काम गर्ने गरी किसानहरुलाई वास्ता नगर्ने हो भने किसानले कसको आश गर्ने ? लकडाउन कार्यान्वयन गर्न सबैले साथ दिएका छन् । काम गर्ने अवस्था छैन । अब रोग र भोकको भयले जनताहरु त्रासित छन् । लकडाउन बिकल्प लकडाउन होइन । अब सरकारले कोरोना संक्रमित अति प्रभावित जिल्ला बाहेक बलियो सुरक्षा प्रबन्ध मिलाएर लकडाउन केही खुकुला बनाउनु पर्छ ।

लकडाउनको कारण विश्वका आर्थिक अवस्था चौपट भएको छ । नेपालमा त्यसको असर झन नपर्ने कुरा नै भए । अहिले व्यवसायहरु चौपट भएका छन् । व्यापारीहरु बैँकको व्याज र ऋण तिर्न नसक्ने अवस्थामा छन् । सरकारले यस्तो सकटको घडीमा नागरिहरुलाई बलियो अभिभाकत्व प्रदान गर्न सक्नु पर्छ । कोरोना विरुद्धको लडाइँमा सरकारको निर्णय पालना गरेर नागरिकहरुले साथ र सहयोग गरिसकेका छन् । यस्ताे बेलामा आन्तरिक किचलोमा रुमलिने बेला छैन् । सरकार परिवर्तनको कुरा पनि गर्दै गरौला । सरकारकाे अहिलेकाे काम भनेकाे जनतालाई सुरक्षित बनाउने र भोकभोकै पर्न नदिने नै हाे । यति पनि काम गर्न सरकारले सकेन भने । नत्र भने हाम्रो सरकार खै ?

(लेखक कार्की नेपाली कांग्रेस रामेछापका सचिव हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्