आइशोलेसनमा बस्दा झ्यालबाट हाम फाली भागौं कि भन्ने पनि आए



जब विदेशबाट आउनेलाई एकान्तबास (क्वारेन्टाइन) मा राख्ने प्रक्रिया शुरु भयो । त्यहीँ शीलशिलामा हामी एकान्तबास बसेकाको गाउँघर पुग्यौं । अनि थाहा भयो लाहुरेहरु फर्कदाको रौनक, एकान्तबास त गाउँघर डुलेर वितिराखेको पो रहेछ । अर्कातिर एक्लै आईशोलेसनमा बस्दा झ्यालबाट हाम फाली भागौं कि भन्ने सम्मको सोँच आईसकेको पनि बिरामीले सुनाए ।

कुनै पनि माहामारी होस हरेक महामारीसँग कहाली लाग्दा घटनासंगै अनौंठा र रमाईला कथा पनि जोडिएका हुन्छन् । चाहे त्यो विश्वयुद्ध होस् । चाहे नेपाली जन आन्दोलन, चाहे त्यो विनाशकारी भूकम्प होस् चाहे अहिलेको कोरोना माहामारी । आज भने कोरोनाले निम्त्याएको कहानी र कथाहरु सुनाउन मन लाग्यो, जसले कोभिडबाट बच्न मद्दत पनि गर्न सक्छ ।

नयाँ वर्ष नेपालीले पर्यटन वर्ष भनेर शुरु गरेसँगै चीनले कोरोनाको बिऊ उम्रेको खबर आयो । जनवरी महिनाभरी चीन कोरोनासँग लड्दै गर्दा, विश्वभरी चीनका कोरोना र कोभिडका कथा कहानी र दृष्यहरुको चर्चा परिचर्चा चलिरह्यो। तीन महिना नबित्दै चीनले कोरोनालाई जित्यो । तर विश्व ठप्प भयो र हामी स्तब्ध भयौं । अनि शुरु भयो नेपालमा पनि कोभिड कहर र करोना रहर ।

हामी ४० औं दिनको लकडाउनमा छौं र यो बीचमा धेरै घटनाहरु घटे नेपालमा । म कार्यरत जिल्ला रामेछापमा पनि । शुरुका दिनमा कोभिड रोग रुघाखोकी जस्तो मात्र हुने र यसबाट बच्न ब्यक्तिगत सरसफाईमा ध्यान दिने अनि भिडभाड छल्ने भनियो । अब शुरु भयो महंगो र दुःख गरी खोजेको हेण्ड सेनिटाईजरको उच्च प्रयोग अनि घरमा एक्लै बस्दा पनि जथाभावी मास्कको प्रयोगको प्रचलन, साथै सामान्य रुघाखोकीमा पनि अस्पताल धाउने प्रक्रिया ।

तर पनि घरकै साबुन पानीले हात धुने, मानिसहरुसँग कम्तिमा एक मिटरको दुरी कायम गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा कुहिनुको प्रयोग गर्ने र सामान्य अवस्थामा स्वास्थ्यकर्मीको परामर्शपछि मात्र अस्पताल आउने जस्ता कुराको जानकारी गराउन सफल भइयो ।

त्यस पश्चात विदेशबाट आउनेलाई एकान्तबास (क्वारेन्टाइन) मा राख्ने प्रक्रिया शुरु भयो । त्यही शीलशिलामा हामी स्वयं एकान्तबास बसेकाको गाउँघर पुग्यौं, अनि थाहा भयो लाहुरेहरु फर्कदाको रौनक, एकान्तबास त गाउँघर डुलेर वितिराखेको पो रहेछ । यो समस्याको समाधानका लागि पनि स्थानीय तहमा सुरक्षाकर्मी, स्वास्थ्यकमीको सहयोगले केही हद सम्म रोक्न सफल पनि भयौं ।

अब हामीले कोरोनाको जाँच पनि पठाउँन थाल्यौं र बैशाख १ गते हामीले एकजना पुरुषको स्वाब जाँचको लागि पठाईयो । तर बिरामी ठिक अवस्थामा भएको हुँदा संचारकर्मी साथीहरुसँगको अन्तरक्रियामा रमाईला रहे । एक्लै आईशोलेसनमा बस्दा झ्यालबाट हाम फाली भागौं कि भन्ने सम्मको सोँच आईसकेको पनि बिरामीले सुनाए । यो समाचार जिल्ला भरि फैलिरहदा अर्को दिन बिरामी आउँदैन होला र यस्तो अवस्थामा अस्पताल नआएकै राम्रो भन्ने सोचमा हामी थियौं । तर अर्को दिन बिरामीको भीड कम गर्न प्रहरीकै सहयोग लिन पर्यो । अनि सबैको मुखमा हिजोको बिरामी काहाँ छ र कस्तो छ ? हेर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न आएको थियो ।

अर्को घटना भने जिल्ला बाहिर कामकाजमा रहेकालाई जिल्ला भित्र्याउने सन्दर्भमा रह्यो । जव हजारौंको संख्यामा मानिसहरु जिल्लामा भित्रिए यस्तो अवस्थामा कोरोनाको त्रास कतै देखिएन न त कुनै लकडाउन नै, न त यसले पार्न सक्ने समस्या र समाधानको बिषयमा स्वास्थ्य निकायसँग छलफल नै भयो । यसैसँग जोडिएर आयो जिल्ला भित्रिने ब्यक्तिहरुलाई स्यानिटाईज गरेर घर पठाउने सन्दर्भ जुन विदेश र नेपालका ठूलाठूला अस्पताल र सहरहरुमा पनि मनोमानी ढंगले प्रयोग भईरहेको रहेछ ।

हामीले रामेछापको सन्दर्भमा त्यस्तो गरिनु हुदैन । जिवित मानिसहरुमा भाईरस कुनै केमिकल (रसायन) ले पनि मार्न सक्दैन बरु यसको प्रयोगले शवासप्रश्वास, छाला र आँखामा समस्या ल्याउन सक्छ भनेर रोकियो । जसले गर्दा साथिहरुले धेरै मेहनतले बनाएको स्यानिटाईजेसन कोठाको प्रयोग पनि गर्न पाइएन । त्यस लगत्तै स्वास्थ्य सेवा विभागले २०७७ बैशाख १३ गते र विश्व स्वास्थ्य संगठनले बैशाख १५ गते मानिसमा कुनै पनि म्ष्कष्लाभअतबलत प्रयोग नगर्न र नगराउँन सूचना जारी गर्यो ।

अन्त्यमा धेरै कथा र कहानीहरु अझै बुनिन बाँकी नै छन् बिनिदै जालान् । तर विगतका उपरोक्त कथा काहानीबाट पाठ सिकेर हामी कोभिड र कोरोनाबाट बच्न नकारात्मक र अनधिकृत कुराहरुको पछि नलागौं । सत्य तथ्य सूचना सही तरिका र सम्बन्धित निकायबाट लिऔं र आफूसँगै आफ्नालाई पनि बचाउँन मद्दत गरौं ।

(लेखक डा. आचार्य जिल्ला अस्पताल, रामेछापका कोरोना सम्पर्क ब्यक्ति हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्