दोरम्बा गाउँपालिकाभित्र राहत कसलाई दिने कसलाई नदिने ?



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या ४१ लाख पुगेसँगै नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएको छ । हालसम्म नेपालमा २ सय ४६ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितको संख्या बढदा नेपाली नागरिकरुमा पनि त्रास बढने गरेको छ । विकसित राष्ट्रहरुले पनि अहिलेसम्म यस रोगको नियन्त्रणका लागि कुनै पनि औषधीको पत्ता लगाउन सकिरहेका छैनन् ।

औषधी पत्ता लगाउन नसक्दा विश्वभर २ लाख ८७ हजार मानिसहरुको मृत्यु भइसकेको छ । हाम्रोजस्तो विकासन्मुख राष्ट्रहरु भने जटि अवस्थाबाट गुज्रिरहेको छन् । यस्तो अवस्थामा सरकारले गरेको निर्णयलाई पूर्ण रुपमा पालना गर्नु नै कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय हो । कोरोना विरुद्धको अभियानमा सरकारले लागू गरेको निर्णय पालना नै नागरिकरुलाई सुरक्षित बनाउछ ।

संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयको अभावले आम नागरिकहरुमा धेरै समस्या झेल्नु परेपनि अहिले संघीय सरकारले सवारी पासमा एकद्धारा नीति लिएपछि एकरुपता हुने आशा छ । यस्तो अवस्थामा स्थानीय सरकारका जनप्रतिनिधिहरु रातदिन नागरिकसँगै प्रत्यक्ष रुपमा जोडिएर काम गरिरहेका छन् ।

स्थानीय सरकारहरुले पनि महामारी विरुद्ध लडन विभिन्न योजना र कार्यक्रमहरु अगाडि बढाइरहेको छ । सोही तयारी अनुरुप दोरम्बा गाउँपालिकाले पनि कोरोना विरुद्ध लडन आफ्नो क्षेत्रबाट पहल र प्रयास गरिरहेको छ । स्रोत र साधनको उचित प्रयोग गरिनै रहेको छ ।

गाउँपालिका अन्तर्गत रहेको सम्पूर्ण स्वास्थ कार्यालयहरुमा आवश्यक सामाग्री जस्तै, औषधी पिपिइ सेट, थर्मलगण, अक्सिजन, सर्जिकल माक्स, स्यानिटाइजरको व्यवस्था गरिसकेका छौं । यी सामाग्रीको अभाव हुन नदिन अनुगमन र व्यवस्थापको काममा जुटेका छौं ।
गाउँपालिकाभित्र रहेको नौ वटा स्वास्थ्य चौकीमा जम्म १६ वटा क्वारेन्टाइन बेड र दोरम्बा स्वास्थ्य चौकीमा पाँच वटा आइसोलेसन वेड तयारी अवस्थामा राखिएको छ । त्यसगरी सात वटै वडामा कोराना भाइरस रोकथाम तथा नियन्त्रण समिति गठन गरी जनचेतनामूलक जानकारी गरिरहेका छौं ।

गाउँपाकिाभित्र विदेशबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राखेर र्यापिड टेस्ट गराउदा सबैको रिपोर्ट नेगेटिभ आएकाको छ । हालसम्म गाउँपालिकाभित्र कोही कसैलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छैन् । यो सुखद पक्ष हो । लकडाउनको अवधि थपिदै गर्दा काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविका धान्दै आएका गाउँपालिकाकाभित्रका नागकिरहरुलाई गाउँ फर्काउने काम पहिलो चरणमा सम्पन्न भइसकेको छ ।

काठमाडौमा अलपत्र परेका नागरिकहरुलाई गाउँ फर्काउन राज्य कोषलाई भार नपर्नेगरी गाउँपालिकाका जनपतिनिधिहरुको मासिक सेवा सुविधा र गाउँपालिकाभित्रका कर्मचारीको एक दिन बराबरको तल कट्टी गरी सवारी साधनको व्यवस्था गरी गाउँ फकाईएको छ । शहरबाट गाउँ फर्किएकाहरुको संख्या अत्याधिक छ । विगतमा परिवारमा दुई जनालाई पुग्ने खेतीपाताले अहिलेको अवस्थामा पाँच जनालाई पुर्याउनु पर्ने बाँध्यता छ । यस्तो अवस्थामा राहत वितरणमा समस्या सृजना भएको छ ।

लकडाउनको कारण ाउँ घरमा सबै नागरिकरुको अवस्थामा उस्तै छ । राहत कसलाई दिने कसलाई नदिने स्थानीय सरकारको लागि निकै चुनौतीको विषय बन्यो । तर हामीले विपन्न र अशक्त बाहेक अन्य नागरिकहरुको हकमा भने तत्काल राहत वितरण नगर्ने निष्कर्ष निकालेका छौं । हामीले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर बजेट ल्याउनेतिर लागेका छौं । विगतमा राहत वितरण गर्दाका नमिठ अनुभवबाट पाठ सिक्दै तत्कालको लागि राहत वितरण नगर्ने निष्कर्षमा पुगेका छाैं   राहत वितरणले परनिर्भरता बढाउने भएको आत्मनिर्भर बनाउनको लागि गाउँपालिकाभित्र सञ्चालनमा रहेको भौतिक पूर्वाधार निर्माणमा रोजगारी दिने विषयमा हाम्रो ध्यान गएको छ । दोरम्बा गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने यो ठूलो अवसर पनि हो ।

लकडाउन हरेक नागरिकहरुले पालना गर्नुपर्ने नियम हो । अरु कोही कसैको लागि भन्दा पनि स्वयंम नागरिकहरुको हो । यति बेला गाउँघरमा रमाईलो गर्ने बेला होइन । संकटको घडीमा संयमित र सचेत हुनु पर्ने बेला छ । सरकारको नियमलाई पालना गरेको अवस्थामा अहिलेको कारोना महामारीको विरुद्ध लडन सकिन्छ । स्थानीय सरकार हर बखत नागरिकहरुको दुःखमा साथ दिन तयार छ ।

प्रतिक्रिया दिनुहोस्