थप जनामा २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो



९ जेठ,काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

प्रतिक्रिया दिनुहोस्