भटौली खोला थुनेर खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउ



आदरणीय आमा बुवा दाजुभाई तथा दिदि बहिनी, पार्टी कमिटिका नेतागण जननिर्वाचित जनप्रतिनिधिहरुज्यूहरु,
हार्दिक अभिवादन !

नेपाल कम्युनिस्ट पार्टीले परिकल्पना गरेको समाज निर्माण गर्ने यो पहिलो अवसर हो । फेरि यस्तो अवस्था नआउन पनि सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति पछिको पहिलो स्थानीय निर्वाचनद्वारा निर्मित नेकपाको स्थानीय सरकार र जनाताको अपेक्षा अनुरुप हामीले गरी रहेको कामको सन्दर्भमा पार्टी र सरकारबीच आपसी हार्दिकता सहितको समन्वय र सहकार्यको नियमित समिक्षा गर्न जरुरी हुने गर्दछ । त्यसैले आवश्यक सल्लाह सुझाबको अपेक्षा सहित केही कुरा अगाडि सार्ने अनुमति चाहन्छु ।
अबको बाटो,
सडक छ, विद्युत छ, खानेपानी छ,स्कुल छ, स्वास्थ चौकी छ, अस्पताल बन्दै छ, सहकारी सस्था छ, बैक छ, बजार छ्, होटेल रेस्टुरेन्ट समेत छ् । यसो हेर्दा हाम्रो गाउँ शहर बन्दै छ । के हामीले खोजेको समाज यही हो त ? पक्कै पनि बहुसंख्यक जनताले खोजेको यही हो र पनि हामीले निर्माण गर्ने समाज संबिधानले परिकल्पना गरेजस्तो समाजवादी मोडेलको हुनु पर्ने छ । हाम्रो निर्माणले भौतिक पूर्वधार तयार गरेको छ । अब हामीले छनौट गर्ने योजनाहरुले जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउनु पर्यो । पहिले–पहिले गाँस बास कपास भनिन्थ्यो । हिजो आज गुणस्तरीय प्रबिधिक शिक्षा, रोजगारी, प्रविधिमैत्री स्मार्ट भिलेज, शुलभ स्वास्थ, सुरक्षा, समग्रमा सुख र शान्ती चाहन्छन् ।

तर आज कोरोनाको कारण फेरि पनि नेपालीको माग गाँस बास कपास नै बन्न पुगेको छ । स्थानीय सरकारले योजना तर्जुमा गर्दा दिर्घकालिन लक्ष्यसहित गरिनु पर्यो । जुन परियोजनाले हाम्रा गाउँ घरमा बस्ने मानिस आत्मानिर्भर बन्न सकोस । एकल महिला भएर पनि म मेरो गाउँमा जिउन सक्छु भन्ने अवस्था निर्माण गर्न सक्नु पर्छ । त्यसैले अब हामीले हाम्रो जग्गा जमिनलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्छ । नारा भाषण र गफममा होइन व्यवहारिक रुपमा नै ।

जमिन बाँजो राखे जरिबना गर्ने खेती गर्नेलाई सिंचाइँको व्यवस्था गर्नुपर्छ । खेतीयोग्य जमिन भन्दा माथि ठुला पोखरी निर्माण गरिनु पर्छ । आकाशको पानीलाई जमिनभित्र पठाउने गरियो भने सुकेका पँधेरो, कुवा, जरुवा, खोल्सीहरु रसाउने छन । सुख्खा क्षेत्रमा समेत बाख्रा कुखुरा पालन र वसिलो ठाउँमा तरकारी फलफुल तथा गाई भैसी पालन गराउन सकिन्छ ।

भटौली खोलामा ड्याम बनाउने गौरबको आयोजना सुरु गरी सुख्खा बारीलाई खेतको रुपमा बिकास गरी व्यवसायिक कृषि उद्योग वा पेशा गर्नेको लागी जमिन उपलब्ध गर्नु ठूला आयोजना सचालन गरिनु पर्दछ । यस्ता ठूला आयोजनाले धनीलाई झन धनी र गरीबलाई झन गरीब बनाउने खतरा रहन्छ । यो पुँजीवादी व्यवस्थाको उपज हो । हामीले ठूला आयोजना सञ्चालन गर्नुपूर्व अधिग्रहण गर्ने र विकसित गरेर समानुपातिक वितरण गर्ने नीति लिनु पर्दछ ।

कृषिलाई निर्वाहमुखी नभै नाफाको ग्यारेन्टी गर्ने गरी उचित मु्ल्यमा उत्पादित सम्पूर्ण वस्तु खरिद गरिदिने ग्यारेन्टि स्थानीय तहको सरकारले गर्नुपर्छ । त्यसपछि आफ्नो परिवारलाई त्यागेर जीवनलाई बिर्सेर ४५ डिग्रीको तातो घाममा १८ घण्टा काम गर्न बिदेश पलायन हुनबाट रोक्न सकिन्छ ।
दिर्घकालिन नीति र योजनाको साथ सञ्चालन हुने कृषि कार्यक्रम सफल बनाउन सकेको अवस्थामा हाम्रो गाउँघरमा उत्पादन हुने अर्गानिक कृषिजन्य वस्तु विश्वबजारमा विक्री गर्न सकिन्छ । यदी सकिएछ भनेपनि कम्तिमा आयतलाई रोक्न सकिन्छ । जसको कारण व्यापार घाटा कम गर्न सकिन्छ । दस बर्षे दिर्घकालिन लक्ष सहित लागियो असम्भव छैन् । स्वर्ग बन्छ हाम्रो देश । आत्मनिर्भर बन्छ हाम्रो गाउँ । आज अष्टे«लियाले कृषि गर्दैछ । विकसित मूलुक चिनले स्याउदेखि अदुवा र लसुन समेत विश्व बजारमा पठाइ रहेका छन् । हाम्रो शहरमा रहनेहरुले खाने स्याउ, अदुवा, लसुन सबै छिमेकी देश चीनकै हो ।

त्यसैले अब अलमल गर्ने बेला छैन् । दोधारमा पर्न जरुरी नै छैन् । ढुक्क भएर कृषि क्षेत्रलाई माथि उठाउने योजना र कार्यक्रम छनोट गर्नुपर्छ । जनताको आजको माग र आवश्यकता त्यति हो । कृषि क्षेत्रको विकासको योजनामा जनताको साथ र सहयोग रहन्छ । कृषि क्षेत्रलाई माथि उठाउने योजना र कार्यक्रम बनेनन भने आमुल परिवर्तन सम्भब हुँदैन ।

चिसापानीको पोखरीलाई कम्तिमा २० फिट गहिरो बनाएर बर्षातको पानी संकलन गरौ त भिरपानीको नाम रहेको पहरोमा पानी आउछ कि आउदैन ? सुलिथुम्काको पानीलाई गोगनपानीको जङगलमा जम्मा गरौ । गाल्बादेखि खाँडादेवीसम्मको पानी संकलन गरौं । यो प्रविधि लिफ्ट सिँचाई भन्दा धेरै गुणा राम्रो र कम खर्चिलो हुनेछ । कुतुर्सा र खत्रीगाउँ आदि लगायतको ठाउँ उपयुक्त हुन सक्छ ।

भटौली खोलाको शिरमा मिलर वाटर वाटरको फ्याक्ट्री खोलौ । अबको पाँच बर्षमा हाम्रा नगरिकहरुले धाराको पानी खान छोड्ने छन । सुक्खा सान्ने राम्चे, लाप्का भलाखर्क, थारे, सिखडाँडा, बेलघारी,चापडी, लगायतका ठाउँलाई परम्परागत खेती गर्ने होइन, ती ठाउँमा बाख्रा कुखुरा पालन क्षेत्रको रुपमा विकास गरौं । रस्काडा, खरी ढुङ्गा बिकट छ् । ती ठाउँमा खरिका कच्चा समाग्रीको रुपमा खरी बिक्री गर्ने, मौरी पालन गर्ने र गागल र पिङखुरी मूलतः पशुपालन र फलफुल तरर्कारी क्षेत्रको रुपमा विकास गरेर लैजानु पर्छ । हैन भने, फेरि पनि बिउ बिजन बाड्ने, सीपमूलक तालिम दिने, गोष्ठी सेमिनार गर्ने र भ्रमण गरी बस्ने हो भने नयाँ समाजको निर्माण हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्