रामेछापमा बाजागाजा सहित मनाइयो राष्ट्रिय धान दिवस (फोटोफिचर)



१५ असार, रामेछाप ।
राष्ट्रिय धान दिवसको अवसरमा रामेछापका विभिन्न क्षेत्रमा धान रोपेर दिवस मनाइएको छ । १७ औ राष्ट्रिय धान दिवसको अवसरमा मन्थली नगरपालिकाले आयोजना गरेको रोपाई महोत्सव भने बाजागाजा सहित मनाइएको छ । मन्थली नगरपालिका–१३ फुलासीमा आयोजित धान दिवसमा सुरु हुनु अघि पञ्चेबाजा सहित नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, नगर उपप्रमुख माया कार्की सहितलाई स्वागत गरिएको छ ।
लगत्तै खेलमा पुगेर नगरप्रमुख बस्नेतले गोरु जोतेका थिए भने नगरप्रमुख कार्कीले धान रोप्नुभएको थियो । मन्थली नगरपालिका बाहेक बाँकी ७ वटा स्थानीय तहमा भने यस पटक रोपाई कार्यक्रम गरिएन ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि धान रोप्नुभएको छ । उहाँले धान रोपेको फोटो आफ्नो फेसबुक पेजमा राख्दै लेख्नुभएको छ,‘रामेछापमा पनि रोपियो धान, १७ औं राष्ट्रिय धान दिवसको यहाँहरु सबैमा शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्