ओली–प्रचण्ड राष्ट्रवादी नेता हुन, नेकपा कुनै पनि हालतमा फुटदैनः मन्त्री ढुंगेल  (भिडियाेसहित)



२५ असार, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नेकपाकाभित्रको विवाद दुई अध्यक्षको समझदारीमा टुंगो लाग्ने बताउनुभएको छ । उहाँले दुई अध्यक्षबीच अहिले सघन छलफल भइरहेकाले विवाद समाधान हुने दावी गर्नुभएको हो ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा पत्रकार बोमलाल गिरीसँग कुराकानी गर्नुहुँदै मन्त्री ढुंगेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै जना राष्ट्रवादी नेता भएकाले पार्टी कुनै पनि हालतमा नफुटने बताउनुभयो ।

‘प्रचण्डले यसअघि विदेशी प्रभुसँग झुकेर म प्रधानमन्त्री बन्दिन भनिसक्नुभएको छ, उहाँ ठूलो त्याग र वलिदान गरेर आउनुभएका नेता हुनुहुन्छ’,उहाँले कुराकानीको क्रममा भन्नुभयो,‘नेपालको गुमको भूमि समावेश गरेर नयाँ नक्सा जारी गर्ने र राष्ट्रय स्वाभिमानको पक्षमा दृढताको साथ उभिनुहुने प्रधानमन्त्री ओली पनि १६ बर्ष जेल जीवन विताएर आउनुभएका नेता हुनुहुन्छ ।’

उहाँले देश र जनताको चाहना र भावना अनुसार नै पार्टी अगाडि बढने विश्वास व्यक्त गर्दै पार्टीभित्रका छलफलका क्रममा विवाद हुने भएपनि अन्ततः समाधान हुने बताउनुभयो । मन्त्री ढुंगेलले नेकपा फुटेमा नेपालको लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्ने चेतावनी दिनुभयो ।

 

 

https://www.facebook.com/watch/?v=698108347705975

प्रतिक्रिया दिनुहोस्