रामेछापको सुनापती र दोरम्बा गाउँपालिकामा पहिलो पटक देखियो कोरोना संक्रमण



६ साउन, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा र सुनापती गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित देखिएका छन् । जिल्ला अस्पताल रामेछापले पठाएको स्वाब परीक्षणको क्रममा सुनापती गाउँपालिका एक महिला र दोरम्बा गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले सुनापती गाउँपालिकाका–२ दिमीपोखरीका २६ बर्षिय एक महिला र दोरम्बा गाउँपालिका–६ लखनपुरका २५ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रामेछाप न्युजलाई बताउनुभयो । लखनपुरका  पुरुष कतार र दिमीपोखरीका महिला कुबेतबाट केही दिन अघि मात्र स्वदेश फर्किएका थिए ।

कर्णका अनुसार दोरम्बाका संक्रमणिलाई दोरम्बाको आइसोलेशनम राखिएको छ भने सुनापतीका संक्रमितलाई पनि गाउँपालिकाले तयार गरेको आइसोलेशनमा राख्ने तयारी भइरहेको रामेछाप न्युजलाई जानकारी दिनुभयो । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै रामेछाप जिल्लामा संक्रमिणको संख्या २५ जना पुगेको छ । जसमध्ये २० जना निको भएर घर फर्किएका छन भने तीन जनाको पाटक अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्