गोविन्द खडकामाथि अनुसन्धान गर्न थप १० दिन म्याद थप



५ भदौ, रामेछाप ।
अपहरण तथा शहरी बन्दक बनाएको आरोपमा पक्राउ पर्नुभएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि अनुसन्धान नसकिएको भन्दै थप १० दिन म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान नसकिएको भन्दै जिल्ला अदालनबाट थप १० दिन म्याद थप गरेको हो ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले अनुसन्धान नसकिएकाले थप १० दिन म्याद थपिएको रामेछाप न्युजलाई बताउनुभयो । आठ दिन अघि पक्राउ परेका खड्कालाई यस अघि सात दिन अदालतबाट म्याद थपेर अनुसन्धान गरिएको थियो ।

धोबी बजारको सडक ग्राबेल गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङले आफूलाई अध्यक्ष खड्काले अपहरण एवं शरीर बन्द बनाएर जबरजस्ती खाली चेकमा हस्ताक्षर गर्न लगाएको उजुरीको आधारमा प्रहरीले खडकालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्