कोरोना भाइरस भन्दा खतरनाक सामाजिक भाइरस


तायुछाङ लामा ‘किरण’

अहिले कोरोना भाइरसको महामारीले सिंगो मानव जातीका लागि विश्वव्यापी चुनौती भएको छ । नेपालमा कोरोना संक्रमण भएका या संक्रमणको जोखिममा रहेका तथा एकल बासमा बसेका मानिसहरूलाई हेर्ने नजर कुनै गम्भीर अपराध गरेको अपराधीलाई भन्दा तुच्छ देखिन्छ ।। नेपाली समाजमा पढेलेखेका केही बुद्धिजीविज, प्राध्यापक, वकिल, नेता, सामाजिक अभियन्ता तथा समाजसेवीहरूबाट नै नै यस्तो व्यवहार भइरहेको छ । जुक विषयले समाजलाई नै लज्जित बनाएको छ ।

कोही कोरोना सङ्क्रमित भएको तथा सङ्क्रमितको नजिक थियो भन्ने हल्ला चलेकै भरमा उनीहरूलाई समाजले तुच्छ देख्नु भनेको बुर्जुवा शिक्षाको उपलब्धि हो । जान्ने, बुझ्ने, विज्ञ तथा पढे लेखेकाहरूको यस्तो पाखण्डी व्यवहारले कोरोना संक्रमण नभएकाहरू र एकल बास बसेकाहरूलाई नै डिप्रेसन, आत्महत्या गर्ने कोशिस र आत्महत्या गर्ने स्थितिमा पुगेको पाइन्छ ।

अझ सङ्क्रमित हरूको घरर परिवारको अन्य सदस्यहरूलाई आँखाले धेरै पर देख्यो भने पनि उसलाई देख्यो कि संक्रमण भई हाल्ने जस्तो या कुनै अपराध नै गरेकोजस्तो दृष्टिकोणले हेर्न क्रम बढेको छ । नपढेका आमा बुवाहरूको मिठो व्यवहारले कोरोना सङ्क्रमितहरू मानसिक तनावबाट मुक्त भएको देख्दा लाग्छ कोरोना भाइरस भन्दा त पढेलेखेका सामाजिक भाइरसहरूबाट धेरै सङ्क्रमित तथा एकल बासमा बस्नेहरूको ज्यान गइरहेको छ ।

पुँजीवादी, रूढिवादी व्यवस्थासँगै दलाल भ्रष्ट राजनीतिले कचल्टिएको नेपाली समाजमा कोरोना भाइरससँग भन्दा सामाजिक भाइरसहरूसँग बच्न जरुरी देखिछ । कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्दछ । तर पुँजीवादी समाजका केही विद्वानहरूले यो वा त्यो बहानामा व्यापार गरिरहेका छन् । सरकार भागबण्डा र कमिसनको पछि दौडिरहेको छ । आम नागरिकको चुलो नजलेको महिनौँ भइसक्यो, नेपाली युवाहरू विदेशमा उद्धारको पर्खाईमा भोकै रात कटाइ रहेका छन् । अनिदै रात विताएको धेरै भइसक्यो ।

यही बेला देशभरी बाढी पहिरोले सताएको छ । कहीँ सरकारले सुकुम्वासी बस्तीमा आगो झोस्छ । ठूलाबडाले सवारी पास लिएर चर्को भाडामा जनतालाई चुसिरहेको छ । रेमिटयान्स तिर्ने आफ्ना नागरिक लिन सरकारले दोबर भाडा तोकेर पनि आनाकानी गरी रहेको छ । हाम्रा नेपाली दाजुभाईहरू ५६ डिग्रीको मरुभूमिमा बसेर ८० हजार रुपियाँ तिरेर ३÷४ महिना देखि उद्धार गर्न आउने जहाजको बाटो कुरेर बसेका छ । परिवारको भेटने चाहना पनि उत्तिकै छन् । तर जहाज नआउदा आधा पाउरोटी खाएर नेपाल फर्कने सपना देखिरहेका छन् । यता मन्त्रीदेखि कर्मचारी सबैलाई कमिसन को पिरलो छ । कमिसन नमिले जहाज उडने कुनै टुंगो छैन् ।

कोरोनाका बिमारीलाई उपचार कक्ष, परीक्षण मेसिन, अस्पताल तथा एकल बासको अभाव छ । तर प्रधानमन्त्री राम मन्दिर निर्माणको पछाडि हनुमान भएर लाग्नु भएको छ । कम्युनिष्ट पाटीको नेता तथा प्रधानमन्त्री जस्तो व्यक्ति देश पर्ढा रूपमा कोरोनाको कहरले छटपटी रहेको बेला राम मन्दिरको पछिपछि दगुर्नु कति उचित हो ? के जनताप्रति सरकारको कुनै जिम्मेवारी नै छैन हो ? सायद समाजका भाइरसहरूले बुझेका होलान् तर इमानदार निर्धो जनताले बुझ्न सकिरहेका छैनन् ।

सङ्क्रमितहरू पनि मानिस हुन् । उनीहरुलाई जनावारको दृष्टिले हेर्न बन्द गर्नुपर्छ । समाजका अगुवा बुद्धिजीवि, नेता , शिक्षक तथा हाकिमहरू जो कोहीले आफ्नो तुच्छ व्यवहारलाई सुधार्नु पर्छ । यदि बुर्जुवा शिक्षाको पछिपछि दौडने, तुच्छ व्यवहार नछोडने हो भने समाजका अगुवाबाट बाटो हगुवाको नामले परिचित जनताले गर्ने छन् ।

कोरोना सङ्क्रमित होस् नहोस् तर नेपाली समाज कागले कान लग्यो भनेर कागकोपछि कुद्ने जस्तो हो हो …. रे को पछिपछि बुर्जुवा शिक्षाको भरमा कुदेको देखेर अचम्ममा परेको छु । जनताहरूलाई बुझाउने, बाटो देखाउने अगुवाहरू नै बाटो हगुवा जस्तो सामाजिक भाइरसको रूपमा देखा पर्दा नेपालको चेतनास्तर कति ? भन्ने कुरामा गम्भीर प्रश्न सृजना भएको छ ।

कम्युनिष्ट सरकार भएको देशमा कोरोनाले थलिएका जनताको जनजीविका, स्वास्थ्य , शिक्षा र रोजगारीको व्यवस्था गर्नुको सट्टा कमिसनमुखी, भागबण्डा लुछाचुडीले कम्युनिष्ट सरकारको नागरिकप्रतिको जिम्मेवारी पनि स्पष्ट भयो, जनताको कोरोना जाँच गर्नलाई सरकारले सक्दिन भन्ने कुराले हाम्रो देशमा सरकार छ त ? भन्ने प्रश्न सृजना गरेको छ । नागरिक भोको भएको बेला स्वास्थ्य, बिजुली, खानेपानी, सूचना, खाद्यान्नको व्यवस्था गर्नुको सट्टा कर असुल्ने, स्वास्थ्य जाँच आफैँ गर्नु भन्ने, भोको जनतालाई घर बाहिर नहिड भन्ने जस्ता उर्दी सुनेर जनता भोको पेट कति बस्ने सरकार ? कोरोना जनतालाई कहर बन्यो ।

तर मन्त्री, नेताहरूलाई उपहारको लैनो गाई, उद्धारको नाममा, स्वास्थ्य सामग्री खरिदको नाममा, राहतको नाममा, देश र जनताको नाममा कमिसनको जालो फिँजाइएको छ । जनतामुखी नारा दिएर मात्र सरकारले जनमुखी काम गर्न सकिरहेको छैन् । स्थानीय प्रदेश र संघीय सरकारको काम गर्ने तौर तरिका र निर्णयहरु देखेर कोरोना भाइरस भन्दा हजारौँ गुणा घातक सामाजिक भाइरस हुन् भनेर प्रस्ष्टसँग आम नागरिकले भन्न सक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्