खडकासहित तीन जनाको विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता
३ मंसिर, रामेछाप ।
रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्का सहित तीन जनाको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा पीडित देवराज खडकाले किटानी जाहेरी दर्ता गराएका छन् । काजी बहादुर खडका सहित दिपक खडका र सुमन खडकाको विरुद्ध देवराजले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका हुन् ।
काजीबहादुर खडकाको नेतृत्वमा आफूमाथि निर्घात कुटपिट भएको भन्दै उनले तीन जनाको विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ
कुटपिटबाट खडकाको टाउकोमा गम्भीर चोट लागेको छ । बागमती प्रदेश सरकारको बजेटमा निर्मार्णाधिन ‘बासे सड्क’ निर्माणको विषयलाई लिएर विवाद भएको बताइएको छ । तर नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्काले घट्नामा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गर्दै आएका छन् । यस विषयमा बुझन खोज्दा खडकासँग सम्पर्क हुन सकेन ।
जिल्ला प्रहरी कार्यालय रामेछापले किटानी जाहेरीको आधारमा तीनै जनालाई पक्राउ गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताएको छ । एक प्रहरी अधिकृतले भने,‘किटानी जाहेरीको आधारमा हामीले खोजी कार्य अगाडि बढाउछौ, पक्राउ गरेर अनुसन्धान गरेर दोषी ठहर भए कानुन अनुसार कारवाही गछौं ।’