रामेछापकी चौलागाई मिस नेपालको टप २१ मा छनोट



मिस नेपाल प्रतियोगीता अन्तर्गत रामेछापकै चेली सिजा चौलागाई टप २१ मा छनोट भएकी छिन् । सुनापती गाउँपालिका–१ गुन्सी भदौरे निवासी चौलागाई टप २१ मा छनोट भएकी हुन् । चौलागाई प्रतियोगिताका सहभागी मध्ये अन्तिम चरणमा सहभागी हुने टप २१ मा छनोट भएकी छिन ।
वि.सं.२०५३ साल कार्तिक १८ गते गुन्सी भदौरेमा जन्मिएकी सिजा चौलागाई मिस नेपाल सन् २०२० को उत्कृष्ट २१ मध्येकी एक प्रतियोगी हुन् । प्रतियोगी नम्बर ८ मा रहेकी सिजाले बिबिएसम्मको अध्ययन पूरा गरेकी छिन् ।

नयाँ–नयाँ विषयमा असाध्यै चासो राख्दै आएकी चौलागाई साहसिक काम गर्न रुचि राख्छिन । खेलकुदमा समेत निकै रुची राख्ने उनी उच्चमाध्यमिक तहको अध्ययनकै क्रममा बास्केटबल खेलाडीका रुपमा समेत आफूलाई चिनाउन सफल भएकी छिन् । हाल काठमाडौंको बालाजुमा बस्दै आएकी सिजा मिस नेपाल २०२० को ताज पहिरिएर सामाजिक कार्यमा सक्रिय हुन चाहेको बताउछिन ।

प्रतिक्रिया दिनुहोस्