शिक्षक छनोटकाे घटना छानबिन गर्न निर्देशन दिएको छुः नगरप्रमुख थापामगर



१ फागुन, रामेछाप ।
रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले शिक्षक छनोट प्रक्रियामा भएको अनियमितताको विषयमा सत्यतथ्य छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेलाई निर्देशन दिएका छन् ।

रामेछाप नगरपालिका शिक्षा शाखाका कर्मचारी डोर बहादुर तामाङले शिक्षक नियुक्त गर्ने क्रममा विज्ञ छनोटमा एउटै व्यक्तिको नाम लेखेर आफू अनकूलको व्यक्तिलाई नियुक्त गर्न खोजेपछि वडाअध्यक्ष भुपालराज श्रेष्ठले रंगेहात समातेर प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका थिए ।

उक्त घटना सार्वजनिक भएपछि नगरप्रमुख थापामगरले प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकालाई बदनाम गर्ने खेल भएको भन्दै तत्काल छानबिन गरी प्रक्रिया अगाडि बढाउन निर्देशतन दिएका हुन् ।

नगरप्रमुख थापा मगरले रामेछाप न्युजसँग भने,‘हामी रातदिन नगरपालिकालाई राम्रो बनाउन काम गरिरहेका छौ, शिक्षक छनोटमा कर्मचारीले यदी गलत गरेका हुन भने कारवाही गर्नुपर्छ भनेर मैले लिखित रुपमा प्रशासकीय अधिकृतलाई भनेको छु ।’ आफू नगरपालिकालाई राम्रो बनाउन लागेपनि केही कर्मचारीको कारण नगरपालिका नै वदनाम हुने अवस्था सृजना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्