कमल चौलागाई फेरि एमालेको केन्द्रीय सदस्य



२८ फागनु, रामेछाप ।
नेकपा एमालेले रामेछापबाट कमल चौलागाईलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । यसअघि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहेका चौलागाईलाई एमालेले अहिले केन्द्रीय सदस्य बनाएको हो । गत प्रतिनिधिसभा निर्वाचनको क्रममा कमल चौलागाई नेतृत्वको संयुक्त राष्ट्रवादी समाजवादी पार्टीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।

पार्टी एकीकरण भएपछि चौलागाई सहकारी विभागको उपप्रमुख रहेका थिए । प्रतिनिनिधिसभा विघटनपछि पार्टी दुई समुहमा विभाजित भएपछि चौलागाईले प्रचण्डको साथ छोडदै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका थिए । सर्वोच्च अदालतको फैसलाले दुवै पार्टी ब्युँतिएपछि चौलागाई पुनः एमालेको केन्द्रीय सदस्य बनेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र ब्युँतिएपछि पनि आफूलाई साथ दिएर माओवादीमा नफर्किएका २३ जनालाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य बनाएका हुन् । बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनित गरेको हो ।

यी हुन् ओली समूहले एमालेमा मनोनयन गरेर माओवादी केन्द्रका पूर्वनेताहरू

१.रामबहादुर थापा

२.टोपबहादुर रायमाझी

३.लेखराज भट्ट

४. मणिचन्द्र थापा

५. प्रभु साह

६. टंक आङबुहाङ

७.पासाङ शेर्पा

८.ज्वाला शाह

९.टेकबहादुर बलमपाखी

१०.कमल चौंलागाईं

११.मनोज थापा

१२.विषमलाल अधिकारी

१३.लीलालबहादुर थापा

१४.दधिराम न्यौपाने

१५.गिरधरि लाल

१६.झपट बोहोरा

१७. दावा लामा

१८.चन्द्रबहादुर खड्का

१९.डम्बर बिष्ट

२०.गौरीशंकर चौधरी

२१.नवीन रोक्का

२२.धर्मराज रेग्मी

२३.दिनेश पन्थी

प्रतिक्रिया दिनुहोस्