माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई ….. (फोटोफिचर)



२४ साउन, रामेछाप ।
रामेछाप र दोलखाको संगमस्थल शैलुङ्ग धार्मिक एवं प्राकृतिक पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । शैलुङ्गमा रहेको एक सय वटा थुम्का र यहाँका प्राकृतिक सौन्दर्य प्रमुख आर्कषणको केन्द्र हुन् । शैलुङ्गमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाएको शैलुङ्ग क्षेत्रको पूर्वाधार विकासमा रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका र बागमती प्रदेश सरकारले योजनाबद्ध रुपमा काम अगाडि बढाएका छन् ।

शैलुङ्गको पर्यटनमा चौरी पालन र भेला पालन पछिल्लो समय थप आर्कषण थपेका छन् । शैलुङ्ग क्षेत्रको विकासको लागि पदमार्ग निर्माण गर्नेदेखि लिएर खानेपानीको सहज पहुँच पुर्याउनको लागि काम भइरहेको छ । हरियाली मौसम, मनमोहक दृष्य र शैलुङ्गका पाखाभरी चौरी चर्दाको दृष्यले निकै आनन्दमय हुने गरेको शैलुङ्ग पर्यटन क्षेत्रको अभियन्ता दावा साङबु शेर्पा बताउन ।

उनले भने,‘शैलुङ्ग स्वर्गको टुक्रा हो, यसको संरक्षण र विकासमा हामी अहोरात्र लागि परेका छौ, स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिकता दिएर पूर्वाधार निर्माणको काम गर्नु हाम्रो लागि खुसीको कुरा हो ।’ शेर्पाका अनुसार हाल शैलुङ्ग क्षेत्रमा साढे सात सय भन्दा बढी चौरी रहेका छन् । चौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्न किसालाई प्रोत्साहन हुने कार्यक्रम सञ्चालन गरिएको दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । उनले गाउँपालिकाले शैलुङ्ग क्षेत्रको विकास गर्न पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्