रामेछापमा ७ स्थानीय तहको बेरुजु १८ करोड बढी, कुन स्थानीय तहको कति (सूचिसहित)



५ भदौ, काठमाडौं ।
महालेखापरीक्षकको कार्यालयले रामेछापका दुई नगरपालिका र पाँच गाउँपालिकाको बजुरु १८ करोड ३७ लाख ९७ हजार देखाएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा गरिएको खर्च मध्ये उक्त रकम बेरुजु देखाएको हाो । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५८औँ लेखापरीक्षण रिपोर्टमा गत २०७५÷०७६ को तुलनामा आधा भन्दा बढी रकम बेरुजु घटेको उल्लेख गरेको छ ।

महालेखा परीक्षकको ५७औँ लेखापरीक्षणमा रामेछापका सात स्थानीय तहको ७ अर्व ५३ करोड ४७ लाख २३ हजार रुपैयाँको लेखापरीक्षण हुदा ४० करोड ३३ लाख ३७ हजार (३६ प्रतिशत) बेरुजु देखिएको थियो तर यस बर्ष सार्वजनिक गरेको रिपोर्टमा ९ अर्व १७ करोड ७३ लाख ३२ हजारको लेखापरीक्षण गर्दा १८ करोड ३७ लाख ९७ हजार रुपैयाँ (१६.४ प्रतिशत) मात्रै बेरुजु देखिएको छ ।

रामेछापको सात वटा स्थानीय तहको रिपोर्ट अनुसार सबै भन्दा बढी गत आर्थिक बर्षमा ९६ करोड ४१ लाख ९९ हजारको लेखापरिक्षण गर्दा ५ करोड २० लाख ४९ हजार (५.४ प्रतिशत) बेरुजु देखिएको छ । खाँडादेवी गाउँपालिकाको १ अर्ब ३१ करोड ६२ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ६७ लाख ४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सुनापति गाउँपालिकाको ८३ करोड ४८ लाख ९६ हजारको लेखापरीक्षण गर्दा २ करोड ४७ लाख ९२ हजार बेरुजु देखिएको छ । दोरम्बा गाउँपालिका गत वर्ष ९३ करोड ८६ लाख ९६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ५४ लाख ८७ हजार बेरुजु देखिएको छ । गोकुलगंगा गाउँपालिकाल १ अर्व १४ करोड ९२ लाख १८ हजारको लेखापरीक्षण हुँदा ९७ लाख ६२ हजार बेरुजु देखिएको छ ।

मन्थली नगरपालिकाले गत बर्ष १ अर्व ९५ करोड १४ लाख ७३ हजारको लेखापरीक्षण हुँदा १ करोड ८९ लाख ६२ हजार बेरुजु देखिएको छ । गत आर्थिक बर्षमा रामेछाप नगरपालिकाले २ अर्व २ करोड २६ लाख १४ हजारको लेखापरिक्षण गर्दा ६० लाख ४१ हजार बेरुजु देखिएको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको भने आन्तरिक विवादको कारण दुई आर्थिक बर्षको लेखा परीक्षण हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्