रामेछापको भटौली खोलामा आज साँझ दुई बालिका मृत भेटिए



१५ भदौ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिको सीमा भएर बहने भटौली खोला र थाक्ले खाेलामा दुई बालिकको शव फेला परेको छ । आज घरमा आमा बुबालाई जानकारी नै नदिइ घरबाट हिडेका तीन जना मध्ये दुई जना बालिकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापले ज्यान जानेमा खाँडादेवी गाउँपालिका–५ पकरवास स्थित तारामणि बस्ने सानु तामाङको ९ बर्षिय छोरी अनिशा तामाङ, सोही वडाका टारबारी बस्ने गोपाल सार्कीको १२ बर्षिय छोरी मनिता सार्की रहेका छन् । तामाङको शव भटौली पुल नजिकै र तामाङको थाक्ले खोलामा आज साँझ शव भेटिएको प्रहरीले बताएको छ ।

आज साँझ मन्थली नगरपालिका–७ भटौली स्थित मुगिटारको  भटाेली र थाक्नले खोलामा दुई बालिकाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले मृतक दुवै बालिकाको शव पोष्टमार्टमको लागि मन्थली ल्याइएको रामेछाप न्युजलाई जानकारी दिए । घटनाको विषयमा तीन जना मध्ये बाँच्न सफल एक बालिकामाथि सोधपुछ भइरहेको छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्