रामेछापको तामाकोसी नदी किनारामा एक पुरुषको शव भेटियो



२ असोज, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–१ आकाशे स्थित तामाकोसी नदीमा आज एक पुरुषको शव फेला परेको छ । स्थानीयले नदी किनारामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापले करिब ३५ बर्षको एक पुरुषको शव फेला तामाकोसी नदी किनारामा फेला परेको बताएको छ । प्रहरीका अनुसार उक्त शवलाई मन्थली प्राथमिक स्वाथ्य कार्यालयमा राखिएको छ । मन्थली नगरपालिको गत बर्ष शव राख्नको लागि फ्रिज खरिद गरेपछि शव राख्नको लागि थप सहज भएको छ । यसअघि फ्रिज नहुँदा गर्मीको समयमा शव गन्हाउने समस्या रहदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्