बागमती प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने ढुंगेलको घोषणा (भिडियाेसहित)



९ मंसिर, काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले प्रदेशको खुल्लातर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेका हन् । उनले पार्टीलाई थप सुदृढ बनाएर लैजानको लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए । युवा संघका संस्थापक तथा केन्द्रीय सदस्यसमेत रहेका ढुंगेलले एमाले रामेछापको सचिव र अध्यक्ष भएर काम गरेका छन् ।

बागमती प्रदेशको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुँदा समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान गरेका ढुंगेलले आगामी दिनमा पार्टीलाई बागमती प्रदेशभित्र एक नम्बरको बनाउन आफूले पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।
२०५४ मा जिल्ला विकास समितिको सभापति र २०७४ रामेछापको प्रदेश ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । रामेछाप एमालेका संस्थापक मानिने ढुंगेल जनस्तरमा लोकप्रिय नेताको रुपमा आफूलाई स्थापित गरिसकेका छन् ।

https://www.facebook.com/deepak.dhungel/videos/507845320179896

प्रतिक्रिया दिनुहोस्