नयाँ बर्ष मनाउन शैलुङमा पर्यटकको भीड (फोटोफिचर)



१ वैशाख, रामेछाप ।
रामेछाप र दोलखाको संगमस्थल शैलुङमा नयाँ बर्षको मनाउन पर्यटकको भीड लागेको छ । पर्यटकीय गन्तव्यको रुपमा रहेको शैलुङमा आन्तरिक पर्यटकको भीड लागेको हो । केही बर्षयता शैलुङमा पर्यटकको भीड बढेको छ ।

रामेछापको शैलुङ दोरम्बा गाउँपालिका तर्फबाट शैलुङ जाने सडकको स्तरउन्नती भएसँगै आन्तरिक पर्यटकहरु मेला पर्वको साथै प्राकृतिक आन्नद लिनको लागि शैलुङ क्षेत्रमा आउने गरेका छन् । शैलुङका पर्यटनका अभियन्ता दावा साङबु शेर्पाले शैलुङ क्षेत्रमा आज मात्र हजारौ पर्यटक आएको जानकारी दिए । उनका अनुसार शैलुङ क्षेत्रमा पूर्वधार निर्माणसँगै सडकको पहुँच सहज भएकाले पनि पछिल्ला दिनमा पर्यटकको आगमन ह्वातै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्