एउटै इन्फोग्राफमा हेर्नुहोस् रामेछापमा स्थानीय तह निर्वाचनको सम्पूर्ण तथ्यांक



ग्राफिक्सः विवेक श्रेष्ठ

२८ वैशाख, काठमाडौं ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र चुनावको सम्पूर्ण तयारी भएको बताएको छ । जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटै वडामा निर्वाचनको सम्पूर्ण तयार पुरा भएको बताएको हो । रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको रामेछाप न्युजलाई बताए । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा कुल मतदाताको संख्या १ लाख ७८ हजार ८६७ जना रहेका छन् ।

त्यसैगरी आठ वटा स्थानीय तह अन्तर्गत उमाकुण्ड गाउँपालिकामा १६,२४६, गोकुलगंगा गाउँपालिकामा १८५२१, लिखु तामाकोसी गाउँपालिकामा २०,१००, रामेछाप नगरपालिकामा २४,९३१, मन्थली नगरपालिकामा ३७,२२०,खाँडादेवी गाउँपालिकामा २२,४००, दोरम्बा शैलुङ गाउँपालिकामा २०,९३४ र सुनापति गाउँपालिकामा १८,५१५ मतदाता रहेका छन् ।

रामेछापमा ९२ मतदान स्थल र २२३ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार चुनावमा तीन घेरामा सुरक्षाकर्मी परिचालन हुनेछन । पहिलोमा म्यादी प्रहरीसँग नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ । रामेछापमा चुनावका लागि २४ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

त्यसैगरी निर्वाचन गराउनका लािग १ हजार ११२ जना कर्मचारी खटिएका छन् । रामेछापमा ३३६ जनप्रतिनिधिका लागि १ हजार ३६९ जनाको उम्मेदवारी दिएका छन् । त्यसैगरी २४ वटा राजनीतिक दलले भाग लिने स्थानीय तहको निर्वाचनका लािग जिल्लामा १ लाख ८७ हजार ८१० मतपत्र आएको र सम्बन्धित मतदान स्थल र केन्द्रमा पठाइएको कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्