अपडेटः रामेछापको तीन मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेन



३० वैशाख, रामेछाप ।
झडपको कारण मतदान प्रभावित भएको रामेछापको तीन वटा मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन् । आज बिहान दुई पक्षिय झडपको कारण झडप भएपछि चार ठाउँमा प्रहरीले हवाई फायर गरेको थियो । झडप भएर रोकिएको मध्ये सुनापति गाउँपालिका–२ दिमीपोखरीको मानपुर र पानी ट्याङकीमा मतदान सुरु भएको छ ।

त्यसैगरी खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिकाको वडा नम्बर ९ र १२ मा रोकिएको मतदान प्रक्रिया भने सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले रामेछाप न्युजलाई बताए । उनका अनुसार मतदान प्रभावित भएको स्थानमा सुचारु गराउनको लागि सर्वदलीय बैठक मार्फत सहमतिको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्