रामेछापको आठ स्थानीय तहमा कहाँ कति प्रतिशत मत खस्यो ?



ग्राफिक्सः विवेक श्रेष्ठ

२ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचन भन्दा सात प्रतिशत कम मत खसेको छ । गत निर्वाचनमा रामेछापमा ७२ प्रतिशत मत खसेको थियो । यस पटकको निर्वाचनमा भने ६५.५४ प्रतिशत मात्र मत खसेको छ । रामेछापको ६४ मध्ये खाँडादेवी गाउँपालिका–१ राकाथुममा आज निर्वाचन भइरहेको छ । उक्त मतदान स्थलमा २८ सय मतदाता रहेका छन् ।

जिल्लाको आठ स्थानीय तहको ६४ वटा वडामा गरी १ लाख ७८ हजार ८६७ मतदाता रहेका थिए । जस मध्ये १ लाख १७ हजार २४२ मत मात्र खसेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्