जिसस रामेछापको प्रमुखमा एमालेबाट तुला प्रसाद कँडेलको उम्मेदवारी दर्ता



२६ जेठ, रामेछाप ।
जिसस रामेछापको प्रमुखका लागि नेकपा एमालेका तुला प्रसाद कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट वडा सदस्यमा निर्वाचित कँडेलले जिसस प्रमुखको लागि उम्मेदवारी दर्ता गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएपछि प्रमुख हुने चाहना कँडेलको अधुरै रहेको थियो ।

यस पटक जिसस प्रमुख बन्ने चाहना माथि पनि कांग्रेस–माओवादीबीच गठबन्धन भएपछि कठिन हुने देखिएको छ । एमालेले उपप्रमुखसहित सात जना सदस्यका लागि आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ । गत निर्वाचनमा एकल बहुमतको साथ जिससको प्रमुख उपप्रमुखसहित सदस्य निर्वाचित भएको एमाले यस पटकको स्थानीय तहको निर्वाचनमा अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्