रामेछापको लुभुघाटमा बस दुर्घटना अपडेट: बसमा कति थिए यात्रु ?



२१ असार, रामेछाप ।
रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा ९ जनाको निधन भएको छ । लुभुघाटबाट खनियानी जाने र मध्य पहाडी लोकमार्ग छुटिने घुम्तीमा बस दुर्घटना भएको हो । बस सडकबाट करिब ६० मिटर तल खसेको छ । दुर्घटनामा परी बस छरपस्ट भएको छ । हिलेदेवीबाट बेथान हुँदै काठमाडौं गएको बस लभुघाटको घुम्तीमा दुर्घटना भएको हो ।

उद्धारमा खटिएका स्थानीय राज मैनालीका अनुसार द्ुघर्टना भएको गाडीमा २७ भन्दा बढी यात्रु रहेका खुलेको छ । उनका अनुसार अझै बसभित्र खोजतलास गर्न बाँकी नै छ । यसैबीच गम्भीर तीन जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए ।

प्रतिक्रिया दिनुहोस्