रामेछाप निवासी गायक नकुल गौतम ‘रारा राष्ट्रिय लोक दोहोरी अवार्ड टप ५’मा छनोट, जिताउन भोट गर्न अपिल



२७ भदौ, काठमाडौं ।
रामेछाप निवासी गायक तथा सर्जक नकुल गौतम रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ अन्र्तत वेष्ट लोक दोहोरी नव कार्यक विधामा टप ५ मा पर्न सफल भएका छन् । रामेछाप सुनापति गाउँपालिका–१ निवासी गौतम विगत १५ वर्ष देखि कलाकारिता क्षेत्रमा आवद्ध रहदै आएका छन् । गायक सर्जकको साथै २ दर्जन भन्दा बढी विभिन्न विधामा गीत गाएका गौतम हाल रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका समितिका अध्यक्ष समेत रहेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा सदस्य समेत रहेका गौतम पछिल्लो समय विभिन्न कलाकारीता विधामा सक्रिय रहदै आएका छन् । टप ५ मा गौतमले गाएको गीत ‘आकाशैमा जुन छ’ छनोट भएको छ । उनले दर्शको मायाकै कारण आफू यस ठाउँमा आइपुगेको बताउदै यस अवार्ड जित्नको लागि भोटको लागि अपिल गरेका छन् ।

यस्ताे छ उनले गायकाे गीत भिडियाेसहित 

प्रतिक्रिया दिनुहोस्