रामेछापमा मतदान गरे लगत्तै एक जनाको मृत्यु



४ मंसिर, रामेछाप ।
रामेछापमा मतदान गरे लगत्तै एक बृद्धको निधन भएको छ । लिखु तामाकोसी गाउँपालिका–४ को भिमेश्वर मावि मतदान केन्द्रमा मतदान गरे लगत्तै ७१ का ठग बहादुर सुनुवारको मृत्यु भएको थियो । दम रोगबाट पीडित रहदै आएका सुनुवारलाई मतदान गरेपछि अक्सिजन कमी भएको थियो । लगत्तै उनलाई थप उपचारको लागि धोवीमा रहेको अवस्थामा पुर्याएको थियो ।

तर मतदान केन्द्रमा बेहोस भएका सुनुवारलाई अस्पताले मृत घोषणा गरेको थियो । लिुख तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले मतदान केन्द्रमा अक्सिनको कारण बेहोस भएका सुनुवारलाई उपचारको लागि अस्पताल लगेपछि बचाउन नसकिएको बताए । सुनुवारले निधनले ठूलो क्षति पुगेको बताउदै महतले मृत आत्मप्रति श्रद्धान्जली व्यक्त गर्दै शोककुल परिवारप्रति संमवेदना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्