शैलुङबाट देखिएको सर्योदय र सूर्यास्त (फोटोफिचर)



२४ मंसिर, रामेछाप ।
रामेछाप र दोलखाको संगमस्थल शैलुङमा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुको भीड बढेको छ । शैलुङबाट उत्तरतर्फका ९५ प्रतिशत हिमश्रंखला अवलोकन गर्न सकिन्छ ।

३ हजार दुई सय मिटर उचाईमा रहेको शैलुङबाट सुर्योदय र सुर्यास्तको दृष्य हेर्नको लागि पर्यटकहरु आउने गरेका छन् । सैलुङ आउने पर्यटकहरुको लागि रामेछापको खोलाखर्कमा राम्रो होमस्टेको समेत व्यवस्था गरिएको छ । शैलुङ पर्यटन क्षेत्रका अभियन्ता दावा शाङवु शेर्पाले शैलुङमा आन्तरिक पर्यटकहरु आउने क्रम बढेको बताए । उनले पूर्वाधार निर्माण भएसँगै शैलुङ अवलोकन गर्ने आन्तरिक पर्यटकरुको संख्यामा बृद्धि भएको हो ।

तस्बीरः प्रभु पोखरेल

प्रतिक्रिया दिनुहोस्