अनेम संघ बागमती प्रदेश कमिटीको रामेछापकी गौतम निर्वाचित



९ वैशाख, काठमाडौं ।
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमती प्रदेशको प्रथम सम्मेलनबाट नेतृ सुनिता गौतम अध्यक्षतामा जिर्वाचित भएकी छिन । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका निवासी गौतम जनयुद्धकाल देखि नै सक्रिय राजनीतिमा सक्रिय रहदै आएकी छिन् । गौतम रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका निवासी हुन् । अधिवेशनबाट गौतमको अध्यक्षमा १७५ जना सदस्य निर्वाचित भएकोका छन् ।

अधिबेशनबाट निर्वाचित उपाध्यक्षहरु कल्पना रिमाल, दिपा बोहोरा र लक्ष्मी माझी,सचिवमा अनिता कार्की निर्वाचित भएकी छिन् भने सहसचिवहरुमा दिपा कंडेल, अम्बिका लामिछाने र अम्बिका नेपाल निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सृजना थिङ निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्