रामेछाप कांग्रेसमा पनि फेरि विवादः सभापति कान्छाराको विरुद्ध पार्टी सभापति देउवालाई ४६ जनाको उजुरी (नामसहित)



२९ जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापभित्रको विवाद पुनः उत्कर्षमा पुगेको छ । रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काको नेतृत्वमा ४७ जनाले पार्टी सभापति शेर बहादुर देउवालाई उजुरी पत्र बुझाएका छन् । जिल्लाको ६४ वटै वडामा वडा सम्पन्न गरेको कांग्रेसले  जिल्ला सम्मेलनको आयोजना गरेको छ । स्थानीय तहको निर्वाचनपछि सभापति तामाङको विरुद्ध पनि अहिले उजुरी बुझाएको समुहले असन्तुष्टि जनाउदै जिल्ला कार्यसमितिको बैठक बहिष्कार समेत गरेको थियो ।

जिल्ला सम्मेलनमा जिल्ला कार्यसमिति सदस्य बाहेक यस पटक महाधिवेशन प्रतिनिधिलाई पत्राचार गरिएको छैन् । महाधिवेशन प्रतिनिधिसहित जिल्ला कार्यसमितका सचिव विनोद कार्कीसहितको नेताहरुले जिल्ला सम्मेलनको बारेमा सामाजिक सञ्जालनबाट मात्र जानकारी पाउनु दुःख विषय भएको निष्कर्ष निकाल्दै सो कार्यशैली सच्याउन माग गर्दै सभापति देउवा समक्ष उजरी दिएका छन् । जिल्ला सम्मेलनमा पार्टी नेतृत्वले आफू निकटका व्यक्तिसँग परामर्श गरेको आरोप लगाउदै सो समुहले अहिलेकै अवस्थामा जिल्ला सम्मेलनमा उपस्थित हुन नसक्ने जानकारी पार्टी केन्द्रलाई गराएको छ ।

प्रतिक्रिया दिनुहोस्